प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नामकरण टुङ्ग्याउन प्रस्ताव राखे पनि अन्ततः त्यस सम्बन्धमा प्रक्रिया नै अघि नबढाइ प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ । प्रदेश १ सरकारले सोमबार मन्त्रिपरिषदको बैठकमार्फत प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन साउन ३२ गते राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । योसँगै प्रदेशको नामकरणको चर्चा पनि सेलाउन पुगेको छ ।प्रदेश सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रदेशको नामकरणको विषय