काठमाण्डाै – तराई मधेसका जिल्लाहरूमा आज बुधवार झनै गर्मी बढेको छ । मौसम बदलीसँगै हिजो मङ्गलवार केही शितल महसुस भएकोमा आज गर्मी झनै बढेको हो ।आज जनकपुरको अधिकतम तापक्रम ४२ दशलमव २ डिग्री सेल्सियस पुगेको छ । यस्तै भैरहवामा ४१ दशमलव ८, सिमरामा ४१ दशमलव ७, नेपालगञ्जमा ४१ दशमलव ६ र विराटनगरमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । तराई मधेसका सबैजसो ठाउँहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सिय वा त्योभन्दा बढी पुगेको छ । अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्दा तातो हावा चल्छ ।तराई मधे...