भक्तपुरमा राप्रपा नेपालले  टुंग्यायो उम्मेदवार

राप्रपा नेपालले भक्तपुरको चार वटै नगरपालिकामा उम्मेदवार चयन गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाएको अध्यक्ष माधव खत्रीले जानकारी दिए ।चाँगुनारायण नगरपालिकामा मेयर बिष्णु प्रसाद तिमिल्सिना, उपमेयर सङ्गिता लाखाजु रहेका छन् । मध्यपुरथिमिकाे मेयर रामशुन्दर बिष्ट  र उपमेयर सरिता श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ ।यस्तै सूर्यविनायक नगरपालिकामा मेयर धर्मराज थापा र उपमेय सुमित्रा भण्डारी रहेकी छन् । भक्तपुर नगरपालिकामा मेयर उत्तम भक्त बाटी रहेक

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा सभामुखमा राप्रपा महामन्त्री पाठक उम्मेदवार

हेटौंडा : बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन्।बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्तारुढ दलहरुबीच मुख्य पदहरू भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो।बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदै छ। ७ दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चितप्रायः छ। सत्तारुढ गठबन

मानुषी यमीलाई राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठको समर्थन

काठमाडौं, १ मंसिर । काठमाडौं–७ मा राप्रपा नेपालका प्रतिनिधिसभाका उम्मेदवार कुमार श्रेष्ठले सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ । श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै यमीलाई समर्थन गरेको विज्ञप्तिमार्फत जनाएका हुन । उनले आफ्नो समर्थक र मतदातालाई हँसिया हथौठा चिन्हमा मतदान गरेर भट्टराईलाई जिताउन आह्वान गरेका छन् । भट्टराई नेपाल समाजवादी पार्टीमा […]

एमाले नेतृ करिश्माले राप्रपा उम्मेदवार रेखालाई मागिन् भोट

काठमाडौं– अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेदवार रेखा थापालाई भोट मागेकी छन् । रेखा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् । सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट डा. सुनिल शर्मा उम्मेदवार बनेका छन् । ढकाल सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुन् । आफ्नै पार्टीको उम्मेदवार ढकाललाई नभई करिश्माले रेखा थापाका […]

नुवाकोट- १ राप्रपा नेपालकी उम्मेदवार न्यौपानेले एमालेलाई सहयोग गर्ने

काठमाडौँ- आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट-१ बाट उम्मेदवारी दिएकी राप्रपा नेपालकी उम्मेदवार पुष्पा न्यौपानेले नेकपा एमालेलाई सहयाेग गर्ने भएकी छन्। सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर न्यौपानेले पार्टी अध्यक्ष कमल थापाको निर्देशनमा आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको जनाउँदै एमालेका उम्मेदवारलाई सर्मथन गरेको स्पष्ट पारिन्। प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सोही क्षेत्रकी न्यौपानले भनिन्, […]

राप्रपा नेपालले सीमित क्षेत्रमा तालमेल गर्ने, बाँकीमा आफ्नै उम्मेदवार

३१ साउन, काठमाडौं । राप्रपा नेपालले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केही सीमित क्षेत्रमा मात्र तालमेल गर्ने भएको छ । सोमबार र मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सीमित क्षेत्रमा मात्र तालमेल गर्ने निर्णय गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । ‘तालमेल नभएका बाँकी सबै प्रदेशसभा र प्रतिनिधिसभाका क्षेत्रमा राप्रपा नेपालले उम्मेदवार खडा […]

राप्रपा नेपालबाट अध्यक्षका उम्मेदवार नै एमालेमा प्रवेश

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्षका उम्मेदवार नै एमालेका प्रवेश गरेका छन् । चुनाव हुने मिति नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार गंगाबहादुर बिक एमालेका प्रवेश गरेका हुन् ।एमाले चौकुने गाउँ कमिटीले शनिबार बेतानमा आयोजना गरेको बृहत चुनावी भेलामा उनले राप्रपा नेपाल परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका थिए । उनले एमालेबाट चौकुने गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद अधिकारीलाई समर्थन गर्दै एमालेका समाहित भएको हुन् । उनले एम

भ्रष्टाचार नगर्ने कसम खाए राप्रपा उम्मेदवार राजु फुयालले

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कागेश्‍वरी मनोहरा नगरपालिकाका मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन्। फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन्। राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिने र उक्त तलबभत्ता विपन्‍न वर्गको शिक्षा र स्वास्थ्यको लागि खर्च गरिने प्रतिबद्धता पनि व्यक्त […]

स्थानीय तह निर्वाचन : राप्रपा विराटनगरको उम्मेदवार छनोटमा सकस

विराटनगर- स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विराटनगरको उम्मेदवार छनोट सकसपूर्ण देखिएको छ। राप्रपा जिल्ला कार्यसमिति मोरङका अनुसार आकांक्षी बढी देखिएपछि आन्तरिक छलफल जारी रहेको छ। मोरङका राप्रपा अध्यक्ष माधव आचार्यका अनुसार विराटनगर महानगरका लागि पछिल्लो समय महामन्त्री प्रल्हाद साह र दिलीप धाडेवा दौडमा देखिएका छन्। केही समयअघि महानगरमा १० रुपैयाँमा खाना खुवाउने […]

राप्रपा धरानको मेयर र उपमेयरमा सर्वसम्मत उम्मेदवार चयन

आज (मंगलबार) बसेको बैठकले मेयरमा नरेश शाक्य र उपमेयरमा पुर्णिमाया राईलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा धरान उपमहानगर अध्यक्ष नविन पराजुलीले जानकारी दिए।...

फेरि उठ्दै राप्रपा

गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै तहमा उम्मेदवार खडा गर्ने रणनीतिका साथ संगठन विस्तारमा लागेको राप्रपा दोस्रो संविधानसभाको बेलाजस्तै जनप्रिय बन्ने प्रयास गरिरहेको छ ।गत स्थानीय निर्वाचनमा नेपालगन्ज, झापा, म्याग्दी, धादिङ, डोल्पा, बाग्लुङलगायत क्षेत्रका स्थानीय तहहरुमा नेतृत्वदायी भूमिकामा रहेको राप्रपाको प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार