गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै तहमा उम्मेदवार खडा गर्ने रणनीतिका साथ संगठन विस्तारमा लागेको राप्रपा दोस्रो संविधानसभाको बेलाजस्तै जनप्रिय बन्ने प्रयास गरिरहेको छ ।गत स्थानीय निर्वाचनमा नेपालगन्ज, झापा, म्याग्दी, धादिङ, डोल्पा, बाग्लुङलगायत क्षेत्रका स्थानीय तहहरुमा नेतृत्वदायी भूमिकामा रहेको राप्रपाको प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार