स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशमा यौन उद्योग बन्द गर्ने आइतबार बताएका छन्।भ्यालेन्सियामा भएको समाजवादी पार्टीको तीनदिने कांग्रेसको अन्तिम दिन उनले आफ्ना समर्थकमाझ महिलालाई यौन दास बनाउने प्रचलन अन्त्य गर्ने बताएका हुन्।सन् १९९५ मा स्पेनमा यौन व्यवसायलाई अपराधको श्रेणीबाट हटाइएको थियो। सन् २०१६ मा संयुक्त राष्ट्रसंघले स्पेनको यौन उद्योगमा करिब ४ अर्ब २ करोड अमेरिकी डलर लगानी रहेको अनुमान गरेको थियो।सन् २००९ मा गरिएको सर्वेक्षणअनुसार ३ जना स्पेनी पुरुषमा १ जनाले पैसा तिरेर यौनसम्ब