पूर्व–पश्चिम राजमार्गमै रहेको चन्द्रनिगाहपुरमा पछिल्लो समय यौन व्यवसाय बढ्दै गएको छ । स्थानीय होटल तथा रेस्टुरेन्टमा यौन व्यवसाय बढ्दै गएको स्थानीयवासी बताउँछन् । चन्द्रनिगाहपुरस्थित केही नाम चलेका होटलका अलावा अधिकांश रेस्टुरेन्ट तथा होटलमा यौन व्यवसाय निर्वाधरुपमा चलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले ध्यान दिन सकेको छैन ।ईलाका प्रहरी कार्यालयकै छेउछाउमा रहेका होटलमा समेत यौन व्यवसाय निर्वाध चलेको र स्थानीय व्यापारी, नेताहरु लगायत आसपासका जिल्ला