काठमाडौं : राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल र ६ वटा प्रदेशसभाका उपसभामुखले संविधानले व्यवस्था गरेको सङ्घ, प्रदेश र स्थानीय तहका साथै राज्यका हरेक निकायमा लैङ्गिक समावेशीकरणको सिद्धान्तलाई लागू गर्न आग्रह गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त रुपमा बेग्लाबेग्लै भेटेर संघीय संसद्मा सभामुख र राष्ट्रियसभा अध्यक्षमा एकजना महिला हुनुपर्ने लिखित ध्यानाकर्षण गराएका हुन्।उनीहरूले प्रदेश सभातर्फ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभाका सभामुखमध