काठमाडौँ । चितवन स्थित सेनाको कालीबहादुर गणबाट दुई वर्षअघि स्वचालित सट मेशिन गन (एसएमजी) हरायो । ०७५ पुस ३ मा ‘एसएमजी’ चोरी भएको थियो । हतियार चोरेको आरोपमा कालीबहादुर गणका अमलदार लव कुमार गुरुङ र जवान सरोज तामाङ २८ महिनादेखि थुनामा छन् । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले उदयपुर घर भएका गुरुङ र मोरङ सुन्दरहरैँचा घर भएका तामाङलाई पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उनीहरु अहिले कारागार कार्यालय भरतपुरमा छन् । जङ्गी अड्डाबाट खटिएका सैनिक अदालतका तत्कालीन अध्यक्ष (सहायक रथी)