एसएमजी चोरी प्रकरण : २८ महिनादेखि थुनामा रहेका दुई सैनिक रिहा

सैनिक ब्यारेकबाटै एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको अभियोगमा पक्राउ परेका दुई सैनिक शुक्रबार रिहा भएका छन् । सैनिक विशेष अदालतले थुनामक्त गर्न आदेश दिएपछि जिल्ला कारागार चितवनबाट सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ रिहा भएका छन् । उनीहरु विगत २८ महिनादेखि थुनामा थिए ।सैनिक अदालतले उनीहरुलाई तीन वर्षसम्म पदोन्नतिमा रोक्का गर्ने निर्णय गरेको छ । उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान गंगाधर ढकालको साथबाट भेटिएको थियो । सोही आधारमा सैनिक अदालतले ढकाललाई जन्मक

सम्बन्धित सामग्री

‘एसएमजी’ हतियार चोरी प्रकरण : सैनिक अदालतमाथि प्रश्न

काठमाडौँ । चितवन स्थित सेनाको कालीबहादुर गणबाट दुई वर्षअघि स्वचालित सट मेशिन गन (एसएमजी) हरायो । ०७५ पुस ३ मा ‘एसएमजी’ चोरी भएको थियो । हतियार चोरेको आरोपमा कालीबहादुर गणका अमलदार लव कुमार गुरुङ र जवान सरोज तामाङ २८ महिनादेखि थुनामा छन् । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले उदयपुर घर भएका गुरुङ र मोरङ सुन्दरहरैँचा घर भएका तामाङलाई पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उनीहरु अहिले कारागार कार्यालय भरतपुरमा छन् । जङ्गी अड्डाबाट खटिएका सैनिक अदालतका तत्कालीन अध्यक्ष (सहायक रथी)