८ यूवाले शुरु गरेको ‘ड्रिम प्रोजेक्ट’ भेषभूषा : ५० करोड लगानीमा नेपालकै ठूलो ई - कमर्स बनाउने लक्ष्य

फागुन ३, काठमाडौं। विभिन्न पेशा र व्यवसायमा रहेका ८ जना यूववहरूको ‘ड्रिम प्रोजेक्ट’ भेषभूषाको शुभारम्भ भएको छ । सोमवार अभिनेता राजेश हमाल, बैंकर रबिना देशराज र आर्थिक पत्रकार समाज (सेजन) अध्यक्ष जनार्दन बरालले भेषभूषा ई - कमर्स प्लयाटफर्मको शुभारम्भ गरेका छन् । ५ करोड लगानीमा शुरु गरिएको उक्त ड्रिम प्रोजेक्टले अहिले स्वदेशी तथा विदेशी ब्रान्डका तीन दर्जन सामानहरू विक्री गर्नेछ । भविष्यमा सयौ ब्रान्डका सामानहरू विक्री वितरण गर्नुका साथै आफ्नै ब्राण्डमा सामान उत्पादन गर्ने पनि कम्पनीको लक्ष्य छ । उपभोक्तालाई सौन्दर्यसँग सम्बन्धीत प्रशाधन, हरेक उमेर र वर्गका उपभोक्ताहरुको रोजाईका पहिरन, जीवन शैलीसँग सम्बन्धीत सयौं थरी समानहरु एकै ठाउँमा सहजै र सर्वसुलभ मूल्यमा पुर्‍याउने उदेश्यसहित यो ड्रिम प्रोजेक्ट शुरु गरिएको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) तृष्णा आचार्यले बताइन् ।  कम्पनीले गुणस्तरीय सौन्दर्य, फेसन र जीवन शैलीसँग सम्बन्धीत सामानहरू नेपाल भरी विस्तार गर्नुका साथै विदेशी ब्रान्डलाई नेपाली युवापुस्तामा ल्याउने माध्यमको रुपमा प्रस्तुत हुने उनले बताइन् । स्वदेशी ब्रान्डलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउनका लागि पनि भेसभूसा शुरु गरिएको कम्पनीका अध्यक्ष दीपक पाण्डेले बताए । ‘अहिले ५ करोड रुपैयाँ लगानीबाट शुरु गरेका छौ । भविष्यमा यसको लगानी ५० करोड रुपैयाँ पुग्ने अनुमान गरेका छौ’, पाण्डेले भने । अभिनेता राजेश हमालले यूवाहरुको समूह मिलेर शुरुवात गरेको भेषभूषा सफल हुनेमा विश्वस्त रहेको बताए ।  मानिसहरु फेसनदेखि भागेपनि फेसनले मानिसहरुलाई पच्छ्याउन छोड्दैन । त्यसैले सौन्दर्य, फेसन र जीवनशैलीको मूल नारा लिएको भेषभूषाले सफल हुनेमा विश्वस्त रहेको हमालको भनाइ छ । त्यस्तै बैंकर रबिना देशराजले अवदेखि आफूलाई कस्तो ड्रेसअप चाहिने हो भनेर तनाव लिनु नपर्ने बताइन् । कुनै पनि पार्टीमा जानुपर्योो भने भेसभुसाले आवश्यक ड्रेसअपको जिम्मा लिने उनको भनाइ छ । कुनै पनि सेवाग्राहीले आफ्नो उचाईं मोटाई लगायतका कुरा भेषभूषालाई बताएपछि उनीहरुलाई सुहाउने पोशाकहरु भेसभुसाले छान्ने उनको भनाइ छ । सेजन अध्यक्ष जनार्दन बरालले अमेजन अलिबाबा र फ्लिपकार्टले छोटो समयमै लोभलाग्दो प्रगति गरेकाले भेसभूसा पनि त्यो स्थानमा पुग्न सक्ने बताए ।  यो कम्पनीले दर्जनौं घरेलु र अन्तरराष्ट्रिय ब्रान्डहरुलाई अनलाइन र अफलाइन मार्फत सेवाग्राही माझ पुर्‍याउने बताइएको छ । कम्पनीले एडीडास, लेवीज, रेबुक जस्ता विश्व प्रशिद्ध २० ओटा अन्तरराष्ट्रिय ब्रान्डका सामानहरू नेपाली उपभोक्ता माझ ल्याउने बताएको छ । त्यस्तै कम्पनीले गोल्ड स्टार, राइनो लेदरलगायतका दर्जन बढी नेपाली ब्रान्डका सामानहरु पनि विक्री वितरण गर्ने छ । कम्पनीको सञ्चालकहरुमा दीपक पाण्डे, तृष्णा आचार्य, सीए अनिल बन्जारा, सीए रविन्द्र घिमिरे, सुवास पाण्डे,  विष्णु अधिकारी, दीपेन्द्र पौडेल र पुरन जोशी रहेका छन् । 

सम्बन्धित सामग्री

भारत मणिपुरको पर्यटन क्षेत्रमा अमेरिकाले ५० करोड डलर लगानी गर्ने

काठमाडौँ– अमेरिकाले भारतको मणिपुर राज्यको पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्न अमेरिका सहमत भएको जानकारी दिएका हुन् । राज्यको राजधानी इम्फालमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्नेबारे अमेरिकी कम्पनीले औपचारिक सहमति जनाएको […]

जुम्लामा ५० करोड लगानीमा रंगशाला निर्माण हुँदै

जुम्लाको चन्दननाथ नगरपालिका–५ राजासिम चौरमा ५० करोड लगानीमा रंगशाला निर्माण हुने भएको छ । खेलाडीलाई प्रोत्साहन र उनीहरूको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो । रंगशाला नहुँदा खेलाडीहरूले...

१० स्टार्टअपलाई ५० करोड लगानी दिइँदै

नेपालका उत्कृष्ट १० स्टार्टअपले ५० करोड रुपैयाँ लगानी प्राप्त गर्ने भएका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले शनिबार आयोजना गर्ने स्टार्टअप मेलामा उनीहरूलाई पुँजी उपलब्ध गराइने भएको हो । परिसंघ युवा...

ऊर्जा, जलस्रोत तथा सिँचाइलाई ३३ अर्ब ५० करोड विनियोजन

काठमाडौं : सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ३३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।   संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ३३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्।

विश्वभर कोरोना भाइरसका संक्रमित ५० करोड नाघे

काठमाडौं- विश्वमा कोरोना भाइरस कूल संक्रमितको संख्या ५० करोड नाघेको छ । कोरोना महामारी सुरु भएको साढे २७ महिनाको अवधिमा संक्रमितको संख्या ५० करोड नाघेको हो । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म विश्वमा ५० करोड १९ लाख ६७ हजार ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमितमध्ये हालसम्म ६१ लाख […]

पाँचखाल सहरी विकास आयोजनालाई ५० करोड

काभ्रेपलाञ्चोक – पाँचखाल नगरपालिकामा सहरी विकास कार्यक्रम आयोजना गर्न ५० करोड बजेट विनियोजन गरिएको छ। सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत पाँचखाल नगरलाई उक्त बजेट विनियोजन गरिएको हो। मन्त्रालयले सो कार्यक्रमका लागि छनोट गरिएको देशका ४४ नगरमध्ये पाँचखाल नगर पनि परेको हो। पाँचखाललाई प्राप्त ५० करोड बजेटमा ५० प्रतिशत सडक, ३० आयआर्जन र १५ […]

नगरको सहरी पूर्वाधार विकासका लागि ५० करोड

धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिकाको सहरी पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउने भएको छ ।महालक्ष्मी नगरपालिकाको सहरी पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालयबाट ५० करोड रुपैयाँ बजेट प्राप्त हुने भएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । सहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराउने पत्र पठाएपछि धनकुटास्थित सघन सहरी तथा भवन निर्माण […]

धनकुटाको महालक्ष्मी नगरलाई ५० करोड बजेट

धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउने भएको छ । लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयबाट ५० करोड बजेट प्राप्त भएको मेयर पर्शुराम नेपालले बताए । बजेट उपलब्ध गराएर सहयोग गरेको भन्दै मेयर नेपालले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई धन्यवाद ज्ञापन गरेका छन् । गुल्मी माइती भएकी मन्त्री झाँक्री महालक्ष्मीकी बुहारी पनि हुन् । उनी लेगुवाका पशुपति पुरीसँग विवाह बन्धनमा बाँधिएकी छ