पालिकाको लगानीमा कृषि उद्योग ग्राम

पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले पालिकाका नागरिकको मुख्य आम्दानीको स्रोत कृषि बनाउने गरी कृषिमा व्यवसायीकरण गर्न सुरु गरेको छ । पशुपालनसँगै कृषिजन्य उत्पादनमा स्थानीय बासिन्दालाई जोड्दै पालिकालाई कृषिको पकेट क्षेत्रका रूपमा विकास गर्न प्रयास थालेको छ ।

सम्बन्धित सामग्री

‘सरकारले उद्योग चलाउने होइन, नियमन गर्ने होः उद्योग मन्त्री रिजाल

मन्त्री रिजालले सरकारले कृषि, उद्योग, जलविद्युत् वा पर्यटन कुन क्षेत्रलाई बढी प्रथामिकता दिने हो त्यस विषयमा प्रष्ट खालको नीति र भिजन चाहिने बताए। ‘हाम्रो पुरानो कार्यशैली परिवर्तन गर्नैपर्ने हुन्छ।...

कृषि, उद्योग र पर्यटनबाट समृद्धि

भारत सरकारको सहयोगमा कुल २ अर्ब ३५ करोड नेपाली रूपैयाँको लागतमा आईसीपी निर्माणको काम थालिएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको चपेटामा देशभरको समग्र अर्थतन्त्र पर्दा बाँके पनि त्यसबाट अछुत रहन सकेन । कोभिडका कारण जिल्लामा भएका घरेलु तथा साना उद्योग, व्यवसाय, होटल, कलकारखाना, पर्यटन हरेक क्षेत्र धराशायी मात्र बनेनन्, लगानीको वातावरण नहुँदा […]

रोजगारको आधार कृषि, उद्योग र पर्यटन

प्रदेश १ मा कृषि, पर्यटन र पूर्वाधार रोजगार सिर्जना गर्ने क्षेत्र भए पनि त्यसलाई स्थानीय तहले उपयोग गर्न नसक्दा एकातर्फ युवा बेरोजगार बनेका छन् भने अर्कातर्फ स्थानीय तहको आम्दानीको स्रोत पनि बढ्न सकेको छैन।...

कृषि, कृषि उद्योग र देशको अर्थतन्त्र

कृषि हाम्रो आर्थिक विकासको आधार भएकाले योबिना देशको समग्र विकासको कल्पना गर्न सकिँदैन । कृषि प्रधान देशमा यस क्षेत्रको विकास बिना अन्य क्षेत्रको बर्सेनि कृषिलाई आफनो पेसा बनाउनेको संख्या घट्दो छ । २०६८ सालको जानगणनाअनुसार नेपालमा कृषिमा सलग्न जनसंख्याको प्रतिशत ६६ मात्रै रहेको छ । यो प्रतिशत विगतभन्दा निकै कम देखिन्छ । कृषिको विकासका लागि […] The post कृषि, कृषि उद्योग र देशको अर्थतन्त्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

सवा अर्ब लगानीमा पूर्वमन्त्री राईले खोले कृषि उद्योग

नेपालगन्ज-पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राईको लगानीमा नेपालगन्जमा दाना उद्योग, ह्याचरी र कुखुरा फार्म गरी तीनवटा व्यवसाय सुरु हुन थालेका छन् । ४० कठ्ठामा दाना उद्योग, ९० कठ्ठामा कुखुरा र ह्याचरी फार्म सञ्चालनको काम अगाडि बढाइएको छ ।जसमध्ये ६५ करोडमा सञ्चालन थालिएको किसान फिड मिल प्रालिको सोमबार उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको वडा […]

बागलुङमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा

बागलुङ – किसानले उत्पादन गरेका खाद्यान्न तथा तेलहन बाली प्रशोधनका लागि बागलुङ नगरपालिका–३ गौँडाकोटमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा ल्याइएको छ । कृषि उत्पादन तथा बजारीकरणका लागि सहयोग पु¥याइरहेको मिर्मिरे कृषि सहकारीले उक्त उद्योग सञ्चालनमा ल्याएको हो । उद्योग शनिबार गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले उद्घाटन गरे । उद्योगमा खाद्यान्न बालीको प्रशोधन, तोरीलगायत तेलहन बाली […]

सिरहामा एक हजार ९१३ नयाँ उद्योग दर्ता

सिरहामा आर्थिक वर्ष २०७७/७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कृषि तथा वन्यजन्तुतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरा पालनका १७ नयाँ उद्योग दर्ता भएका छन् ।  सेवा उद्योगतर्फ कुटानी पिसानीका ११५, होटेल ११०, निर्माणका ९४, मोटरसाइकल मर्मतका ४५ र ढुवानीका ३५ उद्योग दर्ता भएका

चितवनमा एक हजार ७०० कृषि उद्योग दर्ता

साउन १२, चितवन । गत आर्थिक वर्षमा जिल्लामा एक हजार ७०२ कृषिजन्य उद्योग दर्ता भएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालयमा वर्ष भरमा दुई हजार ३९२ उद्योग दर्ता भएकोमा सबैभन्दा बढी कृषिजन्य उद्योग दर्ता भएका हुन् । कार्यालयका लेखा अधिकृत नारायण लम्सालले कृषिक्षेत्रमा सरकार र वित्तीय संस्थाको समेत प्राथमिकताको क्षेत्र परेकाले कृषिजन्य उद्योगको संख्या अन्य क्षेत्रको भन्दा बढी भएको जानकारी दिए । पछिल्ला वर्षमा त्यस्ता उद्योग दर्ता हुने क्रम बढ्दो रहेको उनको भनाइ छ ।  त्यस्ता उद्योगमा अनुदान र सहुलियत ऋण उपलब्ध हुनाले उद्योग दर्ता हुने क्रम बढेको हो । अन्य व्यवसायभन्दा कृषिजन्य व्यवसाय जोखिम कम हुने र सजिलै गर्न सकिने हुँदा विदेशबाट फर्किएर पनि उद्योग सञ्चालन गर्ने गरेको पाइन्छ । निषेधाज्ञाका कारण विदेश जान रोकिएकाहरुले पनि उद्योग दर्ता गरेका छन् । उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषिका ऋणमा अनुदान र व्यवसायमा पनि सहुलियत पाइने हुँदा धेरैको ध्यान कृषि उद्योगमा गएको हो । उनले भने, ‘कृषि नै गर्दा त राम्रो हो तर कृषिको नाममा अनुदान लिएर अन्य काम गर्ने धेरै छन् ।’ यस जिल्ला कृषिका लागि राम्रो भएको जनाउँदै अनुदानलाई कृषिमा नै प्रयोग गर्न कँडेलले सुझाव दिए । कुखुरापालन, पशुपालन, तरकारी खेती जस्ता काम गर्नका लागि कृषिजन्य उद्योग दर्ता हुने गरेका छन् । कुखुरापालनमा चितवन देशकै अग्रणी जिल्ला हो । दूध उत्पादनमा स्थानीय तहमा भरतपुर महानगर पहिलो हो ।  त्यसैगरी तरकारी, केरा, मौरीपालन लगायतमा जिल्ला अग्रणी मानिन्छ । जिल्लामा सबैभन्दा कम एउटा मात्र उद्योग ऊर्जामूलक उद्योग दर्ता भएको छ । यसैगरी सेवामूलक  २९०, उत्पादनमूलक २४५, पर्यटनमूलक १५८ उद्योग दर्ता छन् ।  गत आर्थिक वर्षमा जिल्लामा खनिजजन्य, निर्माणमूलक र विज्ञान तथा सूचना प्रविधिजन्य  शीर्षकमा भने  उद्योग दर्ता भएका छैनन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगको स्थिर पूँजी रू. दुई अर्ब ९६ करोड ९६ लाख ३२ हजार, चालू पूँजी रू. दुई अर्ब ६६ करोड २३ लाख ९३ हजार र कुल पूँजी रू. पाँच अर्ब ६३ करोड २० लाख २५ हजार कार्यालयले जानकारी दिएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता रू. १६ अर्ब १३ करोड ३६ लाख बराबर छ । रासस