चितवनमा ६ महीनामा १ हजार १८० नयाँ उद्योग दर्ता : सबैभन्दा बढी कृषि उद्योग र कम पर्यटनमुलक

माघ १८, चितवन । चालू आर्थिक वर्ष ०७८/७९ को ६ महीनामा चितवनमा १ हजार १८० ओटा नयांँ उद्योग दर्ता भएका छन् ।  चालू आवको पुससम्म सबै शीर्षकमा गरी घरेलु तथा साना उद्योग कार्यालय, चितवनमा उक्त संख्यामा उद्योग दर्ता भएका हुन् । कार्यालयमा उत्पादनमुलक उद्योग, कृषि तथा वनजन्य, उर्जामुलक, खनिजजन्य, निर्माणमुलक, पर्यटनमुलक र विज्ञान तथा सूचना प्रविधि शीर्षकमा उद्योगहरु दर्ता हुंँदै आएका छन् ।  कार्यालयमा नीजि र साझेदारी गरी लघु उद्यम, घरेलु उद्योग र साना उद्योग गरी तीन प्रकृतिका उद्योगहरु दर्ता हुने गर्दछ ।   सबैभन्दा बढी दर्ता कृषि उद्योग कम पर्यटनमुलक चितवनमा दर्ता हुने उद्योगहरुमा सबैभन्दा बढी दर्ता कृषि तथा वनजन्य उद्योगमा भएका छन् भने सबैभन्दा कम पर्यटनमुलक उद्योगमा भएका छन् ।  जसअनुसार सो अवधिमा कृषि तथा वनजन्य उद्योगमा ८०४ ओटा उद्योग र पर्यटनमुलक उद्योगमा १२ ओटा मात्र उद्योग दर्ता भएका छन । यस्तै उत्पादनमुलक उद्योगमा १४६ ओटा र सेवामुलक उद्योग २१८ ओटा दर्ता भएका छन् भने अन्य शीर्षकमा कुनैपनि उद्योग दर्ता भएका छैनन् ।  कार्यालय प्रमुख यादवनाथ आचार्यले चितवन कृषिजन्य उद्योगमा अनुकुल स्थान र उर्बरभूमि  भएकोले पनि यस शिर्षमा बढी उद्योग दर्ता हुने गरेको बताए ।  ‘चितवन कृषिको लागि उर्बर भूमि हो, देशकै केन्द्रविन्दु पनि हो आचार्यले भने, साथै कृषिमा सरकारले सहुलियत तथा अनुदान कार्यक्रम ल्याएकोले पनि यो शीर्षकमा उद्योग दर्ता गर्ने बढेका हुन् । ’कृषि तथा वनजन्य उद्योग जुनसुकै उद्यमीले पनि गर्न सकिने र पछिल्लो समय आधुनिक कृषि प्रणाली तर्फ युवाहरुको आकर्षण बढेकोले पनि यी शीर्षकमा बढी उद्योग दर्ता हुने गरेको उनको भनाइ छ ।  अघिल्ला वर्षमा पर्यटनमुलक उद्योगमा आकर्षण बढेपनि कोरोनाका कारण पछिल्लो समय यो शीर्षकमा कम उद्योग दर्ता हुने गरेको उनले बताए । ‘पर्यटनमुलक उद्योगमा पर्यटनमुलक उद्योगहरु उपत्यका पर्यटन कार्यालयमा सहमति लिनुपर्ने असहज परिस्थिति पनि छ, उनले भने, यो शीर्षकमा पर्यटनमुलक र सेवामुलक अन्र्तगत वर्गीकरण पनि गरिएको छ ।’  डेढ करोड बढी राजस्व संकलन  चालू आवको ६ महीनामा दर्ता भएका उद्योगहरुबाट कार्यालयले डेढ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार सबै शीर्षक गरी दर्ता भएका उद्योगहरुबाट १ करोड ५३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।  जसअनुसार उत्पादनमुलक उद्योगमा २१ लाख २९ हजार कृषि तथा वनजन्य उद्योगबाट १ करोड ३ लाख ५१ हजार, पर्यटनमुलक उद्योगबाट १ लाख ५३ हजार रुपैंया र सेवामुलक उद्योगबाट २७ लाख ३५ हजार रुपैयाँ संकलन भएको कार्यालयले जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

झापामा ८८६ उद्योग दर्ता

झापामा आर्थिक वर्ष २०७९/८० मा ८८६ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग दर्ता मात्रै नभएर १०१ उद्योग बन्द समेत भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा ८८६ नयाँ उद्योग दर्ता भएको छ । ती उद्योगमार्फत ४६७ महिला र ४६० पुरुष गरी ९२७ जना नयाँ उद्यमी थपिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त […]

तनहुँमा उद्योग दर्ता घट्यो

तनहुँमा उद्योग दर्ता गर्ने क्रम घटेको छ । आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा ६०३ तीन उद्योग दर्ता भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष उद्योग दर्ता ह्वात्तै घटेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ । देशको पछिल्लो आर्थिक अवस्थाको असरका कारण उद्योग स्थापना गर्ने क्रम घटेको हुनसक्ने कार्यालय प्रमुख दुर्गाराज सुवेदीले बताए । […]

चैत मसान्तसम्म २३२ उद्योग दर्ता

चालू आर्थिक वर्षको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् ।गत आर्थिक वर्षको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । आव २०७८/०७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत […]

चैत मसान्तसम्म २३२ उद्योग दर्ता

चालू आर्थिक वर्षको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् ।गत आर्थिक वर्षको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । आव २०७८-०७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत […]

चैत मसान्तसम्म २३२ उद्योग दर्ता

चालू आर्थिक वर्षको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । आव २०७८/७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् ।गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।&

उद्योग दर्ता उत्साहजनक

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा उद्योग दर्तामा उल्लेख्य प्रगति देखिएको छ । उद्योग दर्ता संख्या तथा प्रस्तावित लगानी दोब्बरभन्दा बढीले वृद्धि भएको छ । उद्योग विभागका अनुसार साउनदेखि चैत महिनासम्ममा २ सय ३२ उद्योग दर्ता भएका छन् । यी उद्योगले २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव गरेको विभागले जनाएको छ ।विभागका अनुसार गत आर्थिक वर्षको […]

घरेलु उद्योग दर्ता

घरेलु तथा साना उद्योग कार्यालयमा ५२१  घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस महिना अर्थात् छ महिनाको अवधिमा सो सङ्ख्यामा उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए। उनका अनुसार त्यस अवधिमा १८८ घरेलु उद्योगले  नवीकरण  गराएकामा वाणिज्यतर्फ ३१३ नयाँ दर्ता २८८ को नवीकरण भएको थियो । गत आवमा ९७० उद्योग दर्ता र ३६९ उद्योग नवीकरण गरिएकामा वाणिज्यतर्फ ६४० नयाँ दर्ता र ५५८को नवीकरण भएको थियो । आव २०७६/७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएकामा  २३७ उद्योग  न...

सुदूरपश्चिममा उद्योग दर्ता हुने क्रम बढ्दो

पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ ।  लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवा मूलक उद्योग छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार २२६ वटा सेवामूलक उद्योग दर्ता भएका छन् । यसैगरी कृषि र वनमा आधारित उद्योगको सङ्ख्या आठ हजार ६७२, ऊर्जा मूलक छ हजार ३८५, उत्पादनमूलक पाँच हजार ६१३, पर्यटनक

सुदूरपश्चिममा उद्योग दर्ता हुने क्रम बढ्दो

पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ ।  लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवामूलक उद्योग छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार २२६ वटा सेवामूलक उद्योग दर्ता भएका छन् । कृषि र वनमा आधारित उद्योगको संख्या ८ हजार ६७२, ऊर्जामूलक ६ हजार ३८५, उत्पादनमूलक ५ हजार ६१३, पर्यटनका ४ हजार १८ र निर्माणसम्बन्धी २३१ उद्योग दर्...

महामारीले घट्यो उद्योग दर्ता, एक वर्षमा २०३ नयाँ उद्योग दर्ता

रासस।कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको संख्यामा कमी आएको छ।अघिल्लो आर्थिक वर्षको तुलनामा स्वदेशी लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको संख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए।पराजुलीका अनुसार अघिल्लो आर्थिक वर्ष २७७ वटा स्वदेशी उद्योग दर्ता भएका थिए।गत आर्थिक वर्ष २०७७/७८ मा २०३ उद्योग दर्ता भएका छन्।