थारु सङ्ग्रहालयको प्रचारप्रसार गर्न माघी मेला

शुक्लाफाँटा नगरपालिका– ८ स्थित पर्यटकीय क्षेत्र भल्कामा रहेको थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि तीन दिने माघी मेलाको आयोजना गरिएको छ । नगरपालिकाको वडा नं ८ को कार्यालयले आयोजना गरेको मेलामा थारु संस्कृति झल्किने परम्परागत परिकार, पहिरन, गहना, रहनसहन  र संस्कृतिसम्बन्धी सामग्री राखिएको छ । पर्यटकीय क्षेत्र भल्कामा रहेको परम्परागत थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि सांस्कृतिक माघी मेलाको आयोजना गरिएको वडाध्यक्ष बहादुर महराले बताए ।    दुई वर्षदेखि माघीका अवसरमा वडा कार्यालयले थारु संस्कृति जगेर्...

सम्बन्धित सामग्री

टुँडिखेलमा थारु र मगर समुदायको माघी मेला [तस्बिरहरू]

सोमबार देशभर माघे संक्रान्ति पर्व मनाइएको छ । थारु र मगर समुदायले भने यो दिनलाई नयाँ वर्षकोरुपमा हर्षोल्लासका साथ माघी पर्व मनाएका छन् । पर्वका अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा मगर र थारु समुदायले छुट्टा-छुट्टै माघी विशेष मेला आयोजना गरेका छन् । थारु समुदायले वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म र्‍याली निकालेका थिए ।

कावासोतीमा शुक्रबारदेखि खिचरा महोत्सव, तयारी पूरा

चितवन निकुन्ज नजिकमा रहेको पिप्रहर र चिलाहामा माघी मेला लाग्दैछ । स्थानीयको आयोजनामा कावासोतीको चिलाहामा शुक्रबारबाट ५ दिने खिचरा महोत्सव (माघी मेला) सुरु हुन लागेको हो । नयाँ वर्षको अवसरमा यहाँका थारु समुदायले खिचरा महोत्सव गर्ने भएका हुन् । महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

भुवर भवानीमा माघी मेलाको रौनक

काठमाडौँ,२ माघ । थारु समुदायको मुख्यपर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु भएको छ । विसं २०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरको रुपमा परिचित छ । मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँको दर्शक तथा भक्तजन आउने गरेको राप्तीसोनारी गाउँपालिका […]