कावासोतीमा शुक्रबारदेखि खिचरा महोत्सव, तयारी पूरा

चितवन निकुन्ज नजिकमा रहेको पिप्रहर र चिलाहामा माघी मेला लाग्दैछ । स्थानीयको आयोजनामा कावासोतीको चिलाहामा शुक्रबारबाट ५ दिने खिचरा महोत्सव (माघी मेला) सुरु हुन लागेको हो । नयाँ वर्षको अवसरमा यहाँका थारु समुदायले खिचरा महोत्सव गर्ने भएका हुन् । महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएका छन् ।