टुँडिखेलमा थारु र मगर समुदायको माघी मेला [तस्बिरहरू]

सोमबार देशभर माघे संक्रान्ति पर्व मनाइएको छ । थारु र मगर समुदायले भने यो दिनलाई नयाँ वर्षकोरुपमा हर्षोल्लासका साथ माघी पर्व मनाएका छन् । पर्वका अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा मगर र थारु समुदायले छुट्टा-छुट्टै माघी विशेष मेला आयोजना गरेका छन् । थारु समुदायले वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म र्‍याली निकालेका थिए ।