इलाम । इलाम माईजोगमाई गाउँपालिका–४ नामसालिङ्का ८० वर्षीय वृद्ध फिपराज सुब्बाको यतिखेर खुसीको सीमा छैन । सानो जीर्ण बनेको कटेरो जस्तो टाटीले बारेको घरमा विगत दुई दशकदेखि एक्लो जीवन बिताउँदै आउनुभएका सुब्बाले सोचेका पनि थिएनन्, आफू राम्रो घरमा बस्छु, घरमै पानीको धारा जडान हुन्छ भन्ने । स्थानीय युवाको सक्रियतामा उनको घर निर्माण गरिएको हो । […]