मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत नेपालीरिका होटेलमा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक बिहीबार सम्पन्न भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत, अररिया जिल्लाका डीएम प्रशान्तकुमार सीएचसहित भारतीय प्रहरी...