काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन् । शनिबार काठमाडौंमा ढुवानी व्यवसायी महासंघको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै पौडेलले हरेकलाई सम्मानका साथ आफ्नो व्यवसाय अघि बढाउने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका हुन्। देशभित्र उत्पादन बढाउने, राज्यलाई कर तिर्ने र सम्मानीत नागरिकका रुपमा समाजमा […]