शरीर र मस्तिष्कको तन्दुरुस्तीका लागि निद्राको प्यार्टन सही हुन आवश्यक छ । निद्रा खराब हुँदा डिप्रेशन, बेचैनी, मोटोपना जस्ता समस्याहरुको सिकार हुने गरिन्छ । हालै भएको एक अध्ययनले निद्रा बिग्रिने कारणहरु पत्ता लगाएका छन् । जसमा तनाव, पैसाको चिन्ता र कोठाको तापक्रम सही नहुनु भएको खुलाएका छन् । लगभग २ हजार मानिसहरुमा गरिएको अध्ययनका अनुसार करिब ३८ प्रतिशत मानिसहरु असहज ओछ्यानका कारण पर्याप्त निन्द्रा पुर्याउन पाउँदैनन् । यसैगरी, ३६ प्रतिशत मानिसहरु सँगै सुत्ने व्यक्तिले घुर्ने समस्याका कारण निद