काठमाण्डौ – गएकाे बिहीबारदेखि विधिवत् रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरलाइन्सले बुद्धपूर्णिमाकै दिनदेखि उडान सुरु गर्ने भएकाे छ । बुद्धपूर्णिमा अर्थात् जेठ दुई गते कुवेतबाट २७८ जना यात्रु बोक्नसक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । त्यसको भोलिपल्ट बिहान साढे दुई बजे नेपालबाट ३० जना यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यसपछि हप्ताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्न...