नयाँ दिल्ली : भारतको आयुष मन्त्रालयले बुधबार गुर्जो (टिनोस्पोरा कार्डिफोलिया) पूर्ण सुरक्षित भएको र कुनै हानिकारक नभएको बताएको छ।आयुष (आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा, यूनानी, सिद्धा र होमियोप्याथी) मन्त्रालयले उपलब्ध तथ्यअनुसार गुर्जो (गुडूची) पूर्ण रूपमा सुरक्षित भएको स्पष्ट पारेको छ। अनुसन्धानबाट यसको प्रयोगबाट कुनै हानि नभएको मन्त्रालयले बताएको छ।मन्त्रालयले सामाजिक सञ्जाल र केही वैज्ञानिक पत्रिकाहरूमा प्रकाशित लेख र पोस्टहरूमा गुर्जोको प्रयोगबारे व्यक्त चिन्ताले ध्यानाकर्षण भएको बताएको