मतदान सामग्री पठाइयो

हिमाली जिल्ला सङ्खुवासभामा स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामग्री मतदान केन्द्रमा पठाइएको छ। मुख्य निर्वाचन कार्यालयले शनिबार भोटखोला, मकालु र सिलिचोङ गाउँपालिकामा कर्मचारीसहित मतदान सामग्री पठाएको हो।

सम्बन्धित सामग्री

डोल्पाका पाँच मतदान केन्द्र, जहाँ एक सयभन्दा कम मतदाता छन्

सुर्खेत :  भारी हिमपात भएर हेलिकप्टरबाट मतदान सामग्री देखि कर्मचारी पठाएको उपल्लो डोल्पामा १०० भन्दा कम मतदाता रहेको पाइएको छ।उपल्लो डोल्पाका २२ वटा मतदान केन्द्र मध्य पाँच मतदान केन्द्रमा सयभन्दा पनि कम मतदाता रहेको पाइएको हो।छार्काङसोङ गाउँपालिका वडा नं २ मा पर्ने आधारभूत स्वास्थ्य केन्द्र पुंकाबगर मतदान केन्द्रमा ५० पुरुष र ३६ महिला गरेर जम्मा ८६ मतदाता छन्। डोल्पोबुद्ध गाउँपालिका वडा नं २ वडा कार्यालय कलाङ मतदान केन्द्रमा ३२ पुरुष र २६ महिला गरी ५८ मतदाता छन्।त्यसैगरी शे&ndash

मतदान सामग्री रुजु गर्दै

तनहुँ । तनहुँ जिल्ला निर्वाचन कार्यालय तनहुँमा बिहीबार बिहान मतदान सामग्री रुजु गर्दै कर्मचारी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सामग्री वितरण सुरु गरिएको छ । तस्बिरः कृष्ण न्यौपाने÷रासस

सङ्खुवासभाको सुदूर उत्तरी भोटखोला गाउँपालिकामा मतदान सामग्री पठाउन थालियो

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा मतदान सामग्री पठाउन थालिएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिक पुग्न चारदेखि पाँच दिनसम्म लाग्छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा मतदान सामग्री र मतदान अधिकृतसहितको टोली खटाएको हो । पहिलो चरणमा भौगोलिक […]

मतदान सकिएको चौबीस घण्टाभित्र गणना सुरु, एक हप्ताभित्र नतिजा सार्वजनिक

मतदान गर्ने दिन नजिकिँदै गरेको बेला उच्च पहाडी तथा हिमाली क्षेत्रमा चिसो बढिरहँदा हामीले यसतर्फ ध्यान दिएका छौँ । अहिले कर्मचारीहरु मतदान सामग्री लिएर गइरहनुभएको छ । उहाँहरुले कुशलतापूर्वक मतदान सम्पन्न गरेर आउन सक्ने र नसक्ने अवस्था के छ र दोस्रो भनेको मतदाताहरुले विभिन्न बाटोको अवरोध हुने मतदान स्थल र केन्द्रसम्म पुग्नुपर्ने अवस्थामा उहाँहरु कसरी मतदानमा सहभागी हुनुहोला भन्ने विषयमा पनि हामी चिन्तित छौँ ।  र, यो दुईवटै कुरालाई सम्बोधन गर्न आयोगले अहिले पालिका, प्रदेश सरकार र केन्द्रीय सरकारलाईसमेत जजस्को जिम्...

मकवानपुरमा मतदान सामग्री केन्द्रसम्म पठाउने तयारी तीव्र

मकवापुर - मकवानपुरमा मतदान सामग्री केन्द्रसम्म पुर्याउने तयारी तीव्र रुपमा अगाडि बढेकाे छ । मकवानपुरकाे मुख्य निर्वाचन अधिकृत कार्यालयका कर्मचारी हिजाेआज निर्वाचन सामग्री मतदान केन्द्रसम्म पठाउने तयारीमा व्यस्त छन् ।  मकवानपुरको क्षेत्र नम्बर–१, २ र चार वटै प्रदेश सभाका निर्वाचन क्षेत्रमा पठाउने मतपत्र प्याक गर्ने, सिल गर्ने लगायतका काममा कर्मचारीहरु बिहानदेखि रातिसम्म व्यस्त हुने गरेका छन् । मतदानको दिनमा निर्वाचन क्षेत्रमा पठाउने सामग्री तयार गर्नमा कर्मचारी हिजो आज निकै व्यस्त रहने गरेका छन् ।...

हिउँ छिचोल्दै लिमी क्षेत्रका मतदान केन्द्र पुगे कर्मचारी

२९ वैशाख, हुम्ला । हुम्लामा कर्मचारीलाई मतदान केन्द्रमा पुग्नै सकस भएको छ । सदरमुकामबाट चार दिन लाग्ने विकट लिमी क्षेत्रमा सास्ती खेप्दै कर्मचारीहरू मतदान केन्द्र पुगेका छन् । अन्य विकट हिमाली क्षेत्रमा हेलिकप्टरबाट मतदान सामग्री पुर्‍याए पनि लिमी क्षेत्रमा हेलिकप्टर नपठाउँदा समस्या भएको हो । दार्चुलाको तिंकर क्षेत्रमा हेलिकप्टरको प्रयोग भए पनि हुम्लाको नाम्खा गाउँपालिका- ६ […]

सिराहामा मतदान सामग्री बुझ्नेको भीड (फोटोफिचर)

स्थानीय तह सदस्य निर्वाचनका लागि सिराहामा मतपत्र, मतदान सामग्री र नियुक्तिपत्र बुझ्न भिड लागेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र, मतपेटिका, स्वस्तिक छापलगायतका ६३ प्रकारका सामग्री बुझ्न मतदान अधिकृतहरु लाइन...

दुर्गम क्षेत्रमा मतदान सामग्री पठाउन थालियो

काठमाडौँ,२५ वैशाख । ताप्लेजुङको दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा मतदान सामग्री पठाउन थालेको छ । दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रमा पुग्न दुई–चार दिन लाग्ने भएकाले समयमै मतदान सामग्री पठाउन थालिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । सो क्षेत्रमा खटिएका मतदान अधिकृतले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपीन दुलालले […]

ताप्लेजुङका मतदान केन्द्रमा पुग्न थाले मतदान सामग्री

दुर्गम क्षेत्रमा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालले जानकारी दिए।...

आउन थाले मतदान सामग्री, प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी

काठमाण्डाै - पालिका चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थालेका छन् । मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक साना आकारका सामग्री आइसकेको तर मतदानमा प्रयोग हुने छेकबार, लाहा अझै नआएको निर्वाचन आयोगले जनाएको छ । नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजरलगायत आइपुगेको छ । यी धेरैजसो सामग्री भारतबाट आएका छन्। चुनावमा ५६ प्रकारका सामग्री प्रयोग हुनेछन् । मतपेटिका चीनबाट आयात भइसकेको तर अहिलेसम्म आयोगले बुझिनसकेको प्रवक्ता शालिग्राम शर्मा पौड...