मतदान गर्ने दिन नजिकिँदै गरेको बेला उच्च पहाडी तथा हिमाली क्षेत्रमा चिसो बढिरहँदा हामीले यसतर्फ ध्यान दिएका छौँ । अहिले कर्मचारीहरु मतदान सामग्री लिएर गइरहनुभएको छ । उहाँहरुले कुशलतापूर्वक मतदान सम्पन्न गरेर आउन सक्ने र नसक्ने अवस्था के छ र दोस्रो भनेको मतदाताहरुले विभिन्न बाटोको अवरोध हुने मतदान स्थल र केन्द्रसम्म पुग्नुपर्ने अवस्थामा उहाँहरु कसरी मतदानमा सहभागी हुनुहोला भन्ने विषयमा पनि हामी चिन्तित छौँ ।
र, यो दुईवटै कुरालाई सम्बोधन गर्न आयोगले अहिले पालिका, प्रदेश सरकार र केन्द्रीय सरकारलाईसमेत जजस्को जिम्...