नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसदबाट पास हुन नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालको पञ्चायतकालदेखिको लामो राजनीतिक घटनाक्रमलाई स्मरण गराउँदै एम.सि.सी राष्ट्रघात भएको उल्लेख गरे ।
उनले देशमा एमसीसी पास भयो भने यो मुलुक रणभूमि बन्ने खतरा रहको बताए । अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताए ।
संसदबाट एमसीसी पास भयो भने मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले...