एमसीसी जोडेर माओवादीप्रति बाबुरामको कटाक्षः भित्र खाओवाद बाहिर माओवाद

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी प्रकरणमा माओवादी केन्द्रको दोहोरो भूमिका देखिएको भन्दै कटाक्ष गरेका छन् । ट्वीटरमार्फत उनले भित्रभित्रै एमसीसी पास गर्ने सहमति गरेर बाहिर अर्कै चरित्र प्रदर्शन गर्ने काम भएको भट्टराईको आरोप छ । ‘भित्रभित्र  राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद’ भट्टराईले भनेका छन्, ‘माछा देखे भित्र हात,सर्प देखे बाहिर हात !  भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइ जिभ्रे प्रवृत्तिबाट मुक्त हुदैन तबसम्म देश बन्दैबन्दैन।’ उ...

सम्बन्धित सामग्री

एमसिसी अनुमोदन भएपछि वडाध्यक्षले गरे पार्टी त्याग्ने घोषणा

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका वडा–८ का अध्यक्ष बहादुरसिंह महराले अमेरिकी परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि वडा अध्यक्ष पद र पार्टी त्याग्ने घोषणा गरेका छन्।नेकपा माओवादी केन्द्रका युवा नेता महराले सामाजिक सञ्जाल फेसबुकमा जनतासित माफी माग्दै वडा अध्यक्ष पद र पार्टी त्याग्ने छाड्ने घोषणा गरेका हुन्।‘नेकपा माओवाद केन्द्रले राष्ट्रघाती एमसिसी सम्झौता पारित गर्नमा सहयोग गरेकाले आजैबाट पार्टीको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधिनताको रक्षाको लडाईमा अमूल्य जीवन समर्पित

प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्म स्थगित

प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ।  आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् । बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरे भने सो क्रममा सत्तापक्षकै र विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए । नाराबाजीकै क्रममा कार्कीले एमसीसी टेबल गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए ।यस्तै नेकपा माओवाद

एमसीसीमा अमेरिकाको लगातार दवाव, काँग्रेस एकमत

विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न अमेरिकाले लगातार दवाव बढाएको छ । सोही क्रममा नेपालका प्रमुख दलका नेतालाई अमेरिकी सहायक विदेशमन्त्रीले फोन गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही समय पहिले नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले फोन गरेर एमसीसी अनुमोदनका लागि आग्रह गरेका हुन् । अमेरिकी सहायक विदेशमन्त्रीले...

प्रचण्डलाई बाबुरामको प्रश्न : भित्र खाओवाद, बाहिर माओवाद ?

जनता समाजवादी पार्टीका स‌घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी परियाेजना थप गिजाेलिए परिणाम गम्भीर हुन सक्ने चेतावनी दिएका छन् ।