काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ ।
आयोग र जसपा अध्यक्ष यादवलाई विपक्षी बनाएर ठाकुरले निवेदन दिनुभएको हो । निवेदनमा जसपाको आधिकारिकता यादवलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरिएको छ ।
साथै ठाकुरले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्नुभएको छ । गएको साउन ११ गते आयोगले यादव समूहलाई जसपाको आधिकारिकता ...