रुस–युक्रेन तनाव : चेल्सी बेच्ने तयारीमा अब्राहिमोविच ?

रुसी अर्बपति रोमन अब्राहिमोविचले प्रिमियर लिग फुटबल क्लब चेल्सी बेच्ने तयारी गरेका छन् । स्वीस व्यवसायी हान्सहोर्ग विसले आफूसहित केही व्यवसायीलाई चेल्सी किन्ने अफर आएको जानकारी दिएका हुन् । रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेपछि अब्राहिमोविच निकै दबाबमा रहेका छन् । पश्चिममा मुलुकहरूले रुसमा लगाएको प्रतिबन्धहरूका कारण अब्राहिमोविचले क्लबलाई बेच्ने निधोमा पुगेको बताइएको छ । अब्राहिमोविचले यसअघि चेल्सीको फाउन्डेन्सनले अनिश्चितकालका लागि क्लबको नेतृत्व लिने विज्ञप्तिमार्फत जारी दिइसके

सम्बन्धित सामग्री

सन् २०२३ : रुस-युक्रेन तनाव, युद्धविराम हुने अझै सम्भावना देखिएन

रुसले यही डिसेम्बर २९ तारिखका दिन युक्रेनको राजधानी किभसमेत ओडिस्सा, डेनिप्रो, खार्खिभ, लभिभ समेत धेरैवटा शहरलाई लक्षित गरी एक सय ५८ वटा हाइपरसोनिक क्षेप्यास्त्र, ड्रोनले आक्रमण गर्यो । अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण मानिएको यस घटनामा परेर कम्तीमा ३० जना युक्रेनीको ज्यान गएको थियो भने दुई सयभन्दा बढी मानिस घाइते भएका छन् । त्यसलगत्तै युक्रेनले पनि […]

कमजोर बन्दै रुस-युक्रेन तनाव : यसरी रोकिन सक्छ युद्ध

रुसले युक्रेनमा आक्रमण सुरु गरेको डेढ वर्ष भइसकेको छ। डेढ वर्षसम्म पनि युद्धले रुसले चाहेको जस्तो रूप लिएन। रुसले एकदमै छोटो समयमा युद्ध सकिने अपेक्षा गरेको थियो। छोटो समयमा नै युक्रेनको सेना समेत आफ्नो नियन्त्रणमा राख्ने रुसको अपेक्षा थियो। रुसको अनुमान यो पनि थियो कि अमेरिका पनि लफडामा अल्झन चाहँदैन र छोटो समयपछि नै हतियारको […]

रुस–युक्रेन तनाव : विश्व शेयर बजार पछिल्लो ३ हप्ताकै न्यून स्तरमा

फागुन १०, लन्डन । विश्व शेयर बजार सोमवार तीन हप्ताकै न्यून स्तरमा आएर बन्द भएको छ । रुसले युक्रेनमाथि हमला गर्ने हो कि भन्ने चिन्ता बढेपछि लगानीकर्ताहरु त्रसित हुँदा बजार प्रभावित भएको हो ।  युक्रेनबाट सीमा नाघेर आएका पाँच जना हतियारधारीहरुले रुसी सेनाहरु मारेको खबर सार्वजनिक भएको थियो । युक्रेनले भने सो आरोपको खन्डन गरेको छ । उत्तरी यूरोपको सीमा भएको सो घटनालाई मस्कोले छिमेकी देशमाथि हमला गर्ने बाहानाका रुपमा प्रयोग गर्ने हो कि भन्ने भय पछिल्लो समय विश्वभर बढेको छ । तर रुसले भने यस्तो योजनाको अस्वीकार गर्दै आएको छ । संकट बढ्ने हो कि भनेर बजारमा सतर्कता चुलिएको छ  ।  सोमवार एमएससीआई विश्व शेयर सूचकांक शून्य दशमलव ४ प्रतिशतले घटेर ७०० दशमलव ११ अंकमा आएको थियो । अमेरिकामा सार्वजनिक बिदा भएकोले बजारमा छिटपुट कारोबार हुँदा पनि बजारमा तीव्र  उतारचढाव देखिएको हो । मंगलवार पनि अमेरिकी शेयर बजार ओरालो लाग्ने देखिएको छ । एसएन्डपी ५०० र नास्डाक फयूचर्स दुबै क्रमशः २ प्रतिशत र २ दशमलव ७ प्रतिशतले घटेका छन् ।  यूरोपमा पनि शेयर बजार १ दशमलव ६५ प्रतिशतले घटेर चार महीनाभन्दा बढी समययताकै न्यून स्तरमा आएुर बन्द भएको छ । बेलायतमा पनि फ्ट्सी १०० शून्य दशमलव ५ प्रतिशतले घटेको थियो । एशियामा पनि सोमबार अधिकांश शेयर बजार राताम्मे बनेका थिए । मंगलवार शुरुआती कारोबारमै दक्षिण कोरिया, सिंगापुर, ताइवान रातोमा छन् । अष्ट्रेलियामा पनि एएसएक्स २०० बिहानी कारोबारमा १ दशमलव  ३ प्रतिशतले घटेको थियो । तेलको भाउ बढेर ९७ डलरमाथि ब्रेन्ट क्रुडको भाउ ४ प्रतिशतले बढेर ९७ डलर ३५ सेन्टसम्म  उक्लिएको छ ।  यो सन् २०१४ को सेप्टेम्बरयताकै उच्च हो । नेपाली समयअनुसार बिहान ७ः२५ बजेतिर लन्डनको आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९७ डलर १३ सेन्ट कायम भएको थियो । सोही समयमा वेष्ट टटेक्सस इन्टरमिडियटको भाउ पनि ३ दशमलव शून्य ६ प्रतिशतले बढेर प्रतिब्यारेल ९३ डलर ८६ सेन्टमा पुगेको थियो ।  बाइडेन–पुटिन बीच भेटवार्ताको सम्भावना धुमिल बन्दै गएसँगै तेलको भाउ एक पटक फेरि बढ्न थालेको विश्लेषकहरुले बताएका छन् । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपक) र समूहबाहिरका रुसलगायत मुख्य तेल उत्पादकहरुको समूह ओपेक प्लसले कोटाअनुरुप तेलको उत्पादन बढाउन नसक्दा पनि तेलको भाउले टेवा पाइरहेको छ । दैनिक १० लाख ब्यारेल भन्दा धेरै इरानी तेल बजारमा आउने सम्भावनाबीच तेलको भाउ वृद्धि भने सीमित भएको छ ।  सन् २०१५ को परमाणु सम्झौता ब्यूँताउने विषयमा बसेको बैठकमा सोमवार उल्लेख्य प्रगति भएको इरानका विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । बजारमा आपूर्ति कसिलो भएकोले थप तेल आउने खबरले बजारमा सहता हुने विश्लेषणकहरु बताउँछन् । तर इरानी तेल यो वर्षको उत्तरार्द्धतिर मात्रै बजारमा आउने भएकोले निकट भविष्यमा बजार अस्थीरता भने कायम हुनेछ । रुसले युक्रेनमाथि हमला  गर्याे भने तेलको भाउ १०० डलरमाथि उक्लिने छ ।  सुनको भाउ बढेर ९ महीनायताकै उच्च स्तर नजिक सोमवार अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेर ९ महीनायताकै उच्च स्तर नजिक पुगेको छ । रुसले युक्रेनमा हमला गर्ने आशंकमा सेफ हेभन एसेटको माग बढेपछि सुनको भाउले टेवा पाएको हो । मंगलवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔस १ हजार ९१३ डलर ५९ सेन्टसम्म पुगेको छ । यूएस गोल्ड फयूचर्स पनि १ हजार ९१३ डलर ६ सेन्टसम्म पुगेको छ । मंगलवार कोमेक्समा शुरुआती कारोबार देखि नै सुनको भाउ उकालो लागेको थियो । बिहानी कारोबारमा चाँदी, प्लाटिनम, पालाडियम लगायत अन्य बहुमूल्य धातुको भाउ पनि बढेका छन् । एजेन्सीको सहयोगमा

रुस–युक्रेन तनाव : तत्काल युद्ध हुन्छ भनेर किन हौवा पिट्दैछ अमेरिका ?

विगत केही महिनायता रुसले युक्रेनको सीमामा एक लाखभन्दा बढी सैनिक र हातहतियार तैनाथ गरेपछि पश्चिमी मुलुकहरूले त्यसलाई युक्रेनमाथि आक्रमणको पूर्वतयारी भनिरहेका छन् ।  रुसले युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको बताइरहे पनि पश्चिमी मुलुकहरूले त्यसलाई पत्याएका छैनन् । रुसी आक्रमण केही दिनभित्रै (केहीले त बुधवार अर्थात् १६ फेब्रुअरीमा) हुने समेत भनेका छन् । सम्भावित रुसी आक्रमण रोक्न भन्दै अमेरिका तथा पश्चिमी सैन्य गठबन्धन नेटोका सदस्यहरूले युक्रेनका छिमेकी मुलुकहरूमा सेना तथा हातहतियार तैनाथ गरेका छन् । युक्रेनीह...

रुस-युक्रेन विवादबारे पुटिन र बाइडेनबीच करिब १ घण्टा फोनवार्ता

एजेन्सी, १ फागुन। रुस युक्रेन तनाव भैरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच हिजो (शनिबार) करिब १ घण्टा टेलिफोनमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ। कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको […]

रुस युक्रेन तनाव-विश्व शान्ति कायम गर्न शान्ति समाजको माग

काठमाडौँ, २४ माघ: रुस युक्रेन तनाव कम गर्दै आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको छ । जोरपाटी चोकमा आज आयोजित शान्तिपूर्ण धर्नामा गोकर्णेश्वर नगरपालिका–५, ६ र ८ का वडाध्यक्षहरु क्रमश : नारायण सुवेदी, रमेश अर्याल र मनोज ढुङ्गानाले रुस र युक्रेनबीचको तनाव कम गर्न विश्व समुदायले पहल […]

रुस-युक्रेन तनाव अन्त्यको पहल गर्न आग्रह

मानव अधिकार तथा शान्ति समाजले रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्यका लागि कूटनैतिक पहल गर्न आग्रह गरेको छ ।

रुस-युक्रेन तनाव : ८ हजार ५०० अमेरिकी सेना 'हाई अलर्ट'मा

रुस र युक्रेनबीच युद्धको खतरा लगातार बढ्दै गइरहेको छ । यसलाई मध्यनजर गर्दै अमेरिकी रक्षा विभाग पेन्टागनले ८ हजार ५ सय अमेरिकी सैनिकलाई पूर्वी युरोपमा तैनाथ गर्नका लागि हाई अलर्ट राखेको छ । पेन्टागनका प्रवक्ता जोन किर्बीले यसमा कम्ब्याट टोली, स्वास्थ्यकर्मी, गुप्तचर र सर्भेलेन्ट टिमका सदस्य सामेल रहेको जानकारी दिएका छन् ।किर्बीले भने, अहिलेसम्म यी सैनिकहरूलाई तैनाथीको आदेश वा कुनै मिसन दिइएको छ । यद्यपि, पूर्वी युरोपमा नेटोलाई मजबुत गर्नका लागि अमेरिकी सैनिक तैनाथ गर्न सकिन्छ । युरोपमा अतिरिक्त अ