रुस–युक्रेन तनाव : युरोप जोड्ने रुसी ग्याँस पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकी चेतावनी

युक्रेनको विषयलाई लिएर अमेरिकाले रुसी ग्याँस पाइपलाइन सञ्चालन हुन नदिने चेतावनी दिएको छ। अमेरिकाले युरोप जोड्ने प्रमुख रुसी ग्याँस पाइपलाइनलाई सञ्चालन हुन नदिने चेतावनी दिएको हो । नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो । रुसले युक्रेनमा हमला गरे ग्याँस पाइपलाइन परियोजनामा प्रतिबन्ध लाग्न सक्ने भनिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले रुसले युक्रेनमाथि आक्रमण गरेमा नोर्ड स्ट्रिम टु अघि नबढ्ने बताउनुभएको छ । साथै अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने उल्लेख ...

सम्बन्धित सामग्री

रुस–युक्रेन तनाव : चेल्सी बेच्ने तयारीमा अब्राहिमोविच ?

रुसी अर्बपति रोमन अब्राहिमोविचले प्रिमियर लिग फुटबल क्लब चेल्सी बेच्ने तयारी गरेका छन् । स्वीस व्यवसायी हान्सहोर्ग विसले आफूसहित केही व्यवसायीलाई चेल्सी किन्ने अफर आएको जानकारी दिएका हुन् । रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेपछि अब्राहिमोविच निकै दबाबमा रहेका छन् । पश्चिममा मुलुकहरूले रुसमा लगाएको प्रतिबन्धहरूका कारण अब्राहिमोविचले क्लबलाई बेच्ने निधोमा पुगेको बताइएको छ । अब्राहिमोविचले यसअघि चेल्सीको फाउन्डेन्सनले अनिश्चितकालका लागि क्लबको नेतृत्व लिने विज्ञप्तिमार्फत जारी दिइसके

रुस-युक्रेन तनाव : भारतीय विद्यार्थीसहित ८० मारिए

युक्रेनको पूर्वोत्तर सहर ओख्तिर्कामा रुसी सेनाको आक्रमणमा परी सोमबार ७० युक्रेनी सैनिकको ज्यान गएको एक स्थानीय अधिकारीले बताएका छन् । सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य इकाइ ध्वस्त भएको छ । उनका अनुसार उद्धारकर्ता तथा स्वयंसेवकले भग्नावशेषबाट शव निकालिरहेका छन् ।

रुस-युक्रेन तनाव : भारतीय विद्यार्थीसहित ८० मारिए

युक्रेनको पूर्वोत्तर सहर ओख्तिर्कामा रुसी सेनाको आक्रमणमा परी सोमबार ७० युक्रेनी सैनिकको ज्यान गएको एक स्थानीय अधिकारीले बताएका छन् । सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य इकाइ ध्वस्त भएको छ । उनका अनुसार उद्धारकर्ता तथा स्वयंसेवकले भग्नावशेषबाट शव निकालिरहेका छन् ।

रुस-युक्रेन तनाव : भारतीय विद्यार्थीसहित ८० मारिए

युक्रेनको पूर्वोत्तर सहर ओख्तिर्कामा रुसी सेनाको आक्रमणमा परी सोमबार ७० युक्रेनी सैनिकको ज्यान गएको एक स्थानीय अधिकारीले बताएका छन् । सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य इकाइ ध्वस्त भएको छ । उनका अनुसार उद्धारकर्ता तथा स्वयंसेवकले भग्नावशेषबाट शव निकालिरहेका छन् ।

रुस-युक्रेन तनाव: बेलायतले लगायो ५ वटा रुसी बैंकमाथि प्रतिबन्ध

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएपछि अन्तर्राष्ट्रिय राजनीतिमा तीव्र ध्रुवीकरण सुरु भएको छ ।

रुस-युक्रेन तनाव: बेलायतले लगायो ५ वटा रुसी बैंकमाथि प्रतिबन्ध

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएपछि अन्तर्राष्ट्रिय राजनीतिमा तीव्र ध्रुवीकरण सुरु भएको छ ।

रुस–युक्रेन तनाव : विश्व शेयर बजार पछिल्लो ३ हप्ताकै न्यून स्तरमा

फागुन १०, लन्डन । विश्व शेयर बजार सोमवार तीन हप्ताकै न्यून स्तरमा आएर बन्द भएको छ । रुसले युक्रेनमाथि हमला गर्ने हो कि भन्ने चिन्ता बढेपछि लगानीकर्ताहरु त्रसित हुँदा बजार प्रभावित भएको हो ।  युक्रेनबाट सीमा नाघेर आएका पाँच जना हतियारधारीहरुले रुसी सेनाहरु मारेको खबर सार्वजनिक भएको थियो । युक्रेनले भने सो आरोपको खन्डन गरेको छ । उत्तरी यूरोपको सीमा भएको सो घटनालाई मस्कोले छिमेकी देशमाथि हमला गर्ने बाहानाका रुपमा प्रयोग गर्ने हो कि भन्ने भय पछिल्लो समय विश्वभर बढेको छ । तर रुसले भने यस्तो योजनाको अस्वीकार गर्दै आएको छ । संकट बढ्ने हो कि भनेर बजारमा सतर्कता चुलिएको छ  ।  सोमवार एमएससीआई विश्व शेयर सूचकांक शून्य दशमलव ४ प्रतिशतले घटेर ७०० दशमलव ११ अंकमा आएको थियो । अमेरिकामा सार्वजनिक बिदा भएकोले बजारमा छिटपुट कारोबार हुँदा पनि बजारमा तीव्र  उतारचढाव देखिएको हो । मंगलवार पनि अमेरिकी शेयर बजार ओरालो लाग्ने देखिएको छ । एसएन्डपी ५०० र नास्डाक फयूचर्स दुबै क्रमशः २ प्रतिशत र २ दशमलव ७ प्रतिशतले घटेका छन् ।  यूरोपमा पनि शेयर बजार १ दशमलव ६५ प्रतिशतले घटेर चार महीनाभन्दा बढी समययताकै न्यून स्तरमा आएुर बन्द भएको छ । बेलायतमा पनि फ्ट्सी १०० शून्य दशमलव ५ प्रतिशतले घटेको थियो । एशियामा पनि सोमबार अधिकांश शेयर बजार राताम्मे बनेका थिए । मंगलवार शुरुआती कारोबारमै दक्षिण कोरिया, सिंगापुर, ताइवान रातोमा छन् । अष्ट्रेलियामा पनि एएसएक्स २०० बिहानी कारोबारमा १ दशमलव  ३ प्रतिशतले घटेको थियो । तेलको भाउ बढेर ९७ डलरमाथि ब्रेन्ट क्रुडको भाउ ४ प्रतिशतले बढेर ९७ डलर ३५ सेन्टसम्म  उक्लिएको छ ।  यो सन् २०१४ को सेप्टेम्बरयताकै उच्च हो । नेपाली समयअनुसार बिहान ७ः२५ बजेतिर लन्डनको आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९७ डलर १३ सेन्ट कायम भएको थियो । सोही समयमा वेष्ट टटेक्सस इन्टरमिडियटको भाउ पनि ३ दशमलव शून्य ६ प्रतिशतले बढेर प्रतिब्यारेल ९३ डलर ८६ सेन्टमा पुगेको थियो ।  बाइडेन–पुटिन बीच भेटवार्ताको सम्भावना धुमिल बन्दै गएसँगै तेलको भाउ एक पटक फेरि बढ्न थालेको विश्लेषकहरुले बताएका छन् । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपक) र समूहबाहिरका रुसलगायत मुख्य तेल उत्पादकहरुको समूह ओपेक प्लसले कोटाअनुरुप तेलको उत्पादन बढाउन नसक्दा पनि तेलको भाउले टेवा पाइरहेको छ । दैनिक १० लाख ब्यारेल भन्दा धेरै इरानी तेल बजारमा आउने सम्भावनाबीच तेलको भाउ वृद्धि भने सीमित भएको छ ।  सन् २०१५ को परमाणु सम्झौता ब्यूँताउने विषयमा बसेको बैठकमा सोमवार उल्लेख्य प्रगति भएको इरानका विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । बजारमा आपूर्ति कसिलो भएकोले थप तेल आउने खबरले बजारमा सहता हुने विश्लेषणकहरु बताउँछन् । तर इरानी तेल यो वर्षको उत्तरार्द्धतिर मात्रै बजारमा आउने भएकोले निकट भविष्यमा बजार अस्थीरता भने कायम हुनेछ । रुसले युक्रेनमाथि हमला  गर्याे भने तेलको भाउ १०० डलरमाथि उक्लिने छ ।  सुनको भाउ बढेर ९ महीनायताकै उच्च स्तर नजिक सोमवार अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेर ९ महीनायताकै उच्च स्तर नजिक पुगेको छ । रुसले युक्रेनमा हमला गर्ने आशंकमा सेफ हेभन एसेटको माग बढेपछि सुनको भाउले टेवा पाएको हो । मंगलवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔस १ हजार ९१३ डलर ५९ सेन्टसम्म पुगेको छ । यूएस गोल्ड फयूचर्स पनि १ हजार ९१३ डलर ६ सेन्टसम्म पुगेको छ । मंगलवार कोमेक्समा शुरुआती कारोबार देखि नै सुनको भाउ उकालो लागेको थियो । बिहानी कारोबारमा चाँदी, प्लाटिनम, पालाडियम लगायत अन्य बहुमूल्य धातुको भाउ पनि बढेका छन् । एजेन्सीको सहयोगमा

रुस–युक्रेन तनाव : तत्काल युद्ध हुन्छ भनेर किन हौवा पिट्दैछ अमेरिका ?

विगत केही महिनायता रुसले युक्रेनको सीमामा एक लाखभन्दा बढी सैनिक र हातहतियार तैनाथ गरेपछि पश्चिमी मुलुकहरूले त्यसलाई युक्रेनमाथि आक्रमणको पूर्वतयारी भनिरहेका छन् ।  रुसले युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको बताइरहे पनि पश्चिमी मुलुकहरूले त्यसलाई पत्याएका छैनन् । रुसी आक्रमण केही दिनभित्रै (केहीले त बुधवार अर्थात् १६ फेब्रुअरीमा) हुने समेत भनेका छन् । सम्भावित रुसी आक्रमण रोक्न भन्दै अमेरिका तथा पश्चिमी सैन्य गठबन्धन नेटोका सदस्यहरूले युक्रेनका छिमेकी मुलुकहरूमा सेना तथा हातहतियार तैनाथ गरेका छन् । युक्रेनीह...

रुस-युक्रेन विवादबारे पुटिन र बाइडेनबीच करिब १ घण्टा फोनवार्ता

एजेन्सी, १ फागुन। रुस युक्रेन तनाव भैरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच हिजो (शनिबार) करिब १ घण्टा टेलिफोनमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ। कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको […]