रुस-युक्रेन तनाव : अन्तरराष्ट्रिय बजारमा सुनको भाउ ८ महीना यताकै उच्च, नेपालमा कति पुग्ला ?

फागुन ५,  न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा बिहीवार पहेंलो धातु सुनको भाउ बढेको छ । युक्रेन–रुसबीचको तनाव बढेको खबरहरु सार्वजनिक भएपछि बिहीवार शुरुआती कारोबारदेखि नै सुनको भाउ उकालो लागेको थियो । पूर्वी युक्रेनमा बमबारी भएको भन्दै रुसी सञ्चार माध्यमहरुले समाचार छापेपछि लगानकिर्ताहरु लगानीका लागि सुरक्षित मानिने सुन लगायत सेफ हेभन एसेटतर्फ लागेपछि सुनको भाउले टेवा पाएको हो ।  न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहीवार स्पट गोल्डको भाउ उच्चतम् प्रतिऔंस १ हजार ८९६ डलर ५९ सेन्टसम्म पुगेको थियो । यो गत वर्षको जुनयताकै सर्वाधिक उच्च हो । यो समाचार तयार पार्दा खेरि नेपाली समयअनुसार साँझ ७ः४५ बजेतिर प्रतिऔंस स्पट गोल्ड १ हजार ८९५ डलर शून्य ४७ सेन्टमा किनबेच भइरहेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव शून्य ९ प्रतिशत धेरै थियो । कोमेक्समा बिहानी कारोबारदेखि नै सुनको भाउ उकालो लाग्न थालेको थियो ।  बिहीबार यूएस गोल्ड फयूचर्स पनि प्रतिऔंस १ दशमलव २ प्रतिशतको वृद्धिसहित १ हजार ८९३ डलर ६ सेन्ट कायम भएको थियो । पूर्वी यूरोपमा तनाव पुनः बल्झिएपछि सुनको भाउले टेवा पाएको यूबीएसका विश्लेषक जिओभान्नी स्ताउनोभोले भनेका छन् । पालाडियमको भाउ पनि उस्तै तरिकाले बढ्न सक्ने भएपनि भाउलाई आपूर्तिसम्बन्धी चिन्ताले डोर्याउन सक्ने उनले बताएका छन् । सुनलाई भने सेफ हेभन हैसियतबाट लाभ भएको उनको भनाइ छ । पालाडियमको भाउ पनि २ दशमलव ३ प्रतिशतले बढेर २ हजार ३३२ डलर ३० सेन्टमा उक्लिएको छ ।   युक्रेनी सेनाहरुले सम्झौताको उल्लंघन गर्दै आफ्नो क्षेत्रमा गोलाबारी गरेको रुस समर्थित विद्रोहीहरुले आरोप लगाएका छन् । रुसले युक्रेनमाथि हमला गर्यो भने नयाँ प्रतिबन्ध लगाइने चेतावनी पश्चिमी देशहरुले दिइरहेका छन् । रुसमा शीर्ष पालाडियम उत्पादक देश मध्ये एक हो । रुसले आक्रमण गर्छ कि गर्दैन भन्नेमा बजार निर्भर रहेकोले सुन व्यापाीहरु पछिल्ला घटनाक्रमप्रति चिन्तित रहेको सिटी इन्डेक्समा वरिष्ट बजार विश्लेषक म्याट शिम्पसन भन्छन् । रुसले युक्रेनमा हमला गर्यो भने सुनको भाउ झनै बढ्न सक्ने बताइएको छ । सुनको भाउमा तीव्र कमी आउन भने रुसी सेनाहरु सीमा छाडेर गएको देखिनु पर्ने उनको तर्क छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यस अघि अपेक्षा गरिएभन्दा कम आक्रामक रुपमा कदम चाल्ने संकेत बुधबारको नीतिगत बैठकको माइन्यूट्सले देखाएको थियो । यो खबर सार्वजनिक भएलगत्तै बिहिबार अमेरिकी डलर र ट्रेजरीको प्रतिफल घटेको छ । सुनसँग विपरित सह–सम्बन्ध ठानिएको डलर सस्तो हुँदा पनि सुनको भाउले बिहीवारको कारोबारमा टेवा पाएको हो । भूराजनीतिक तनाव नघटेसम्म सुनको भाउ प्रतिऔंस १ हजार ८४५५ डलर देखि १ हजार ८८० डलरबीच रहने गोल्डसिल्भर सेन्ट्रलका प्रवन्ध निर्देशक ब्रायन लानले बताएका छन् ।  बिहीबार अन्य बहुमुल्य धातुको भाउ पनि बढेका छन् । चाँदीको भाउ प्रतिऔंस १ प्रतिशतले बढेर २३ डलर ७८ सेन्टमा पुगेको थियो । प्लाटिनम पनि १ दशमलव ७ प्रतिशतको वृद्धिसहित १ हजार ७९ डलर २८ सेन्टमा उक्लिएको छ । यो पछिल्लो तीन महीनायताकै उच्च हो ।  अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागेसँगै नेपालमा पनि सुनको मूल्य एक लाख नाघ्ने व्यवसायीको अनुमान छ । यस अघि कोभिड संक्रमण शुरु हुँदा नेपालमा सुनको मूल्य प्रति तोला १ लाख ३ हजार रुपैयाँ हाराहारी पुगेको थियो ।

सम्बन्धित सामग्री

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ माघ। शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम गरिएको छ। बिहीबार सुनको भाउ प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँ थियो ।

सुनको भाउ आज पनि बढ्यो

काठमाण्डौ – हिजो तोलामा १ हजार ७ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख ४ हजार एक सय रुपैयाँ छ । हिजो एक लाख ३ हजार ५ सय रुपैयाँ थियो । सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । अमेरिकामा बेरोजगारीको संख्या फेरि बढ्न थालेसँगै सुनको भाउ बढ्न थालेको उहाँले बताउनुभयो । त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेर एक हजार दुई सय ५५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ हि...

फेरि बढ्यो सुनको भाउ

काठमाण्डाै - सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा २ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।  चाँदीको भाउ भने आज पनि स्थिर छ । २ दिनयता चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलामा आज पनि एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

घट्यो सुनको भाउ

काठमाडौं, भदौ २ । आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा आईपुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सयले नै घटेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार […]

सुनको भाउ लगातार बढ्दै

काठमाण्डाै - सुनको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ९६ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हिजोको भन्दा ७ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

घट्यो सुनको भाउ

काठमाडौं, असार ८ । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा आईपुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै घटेर तोलाको ९६ हजार ८ रुपैयाँमा झरेको […]

आज सुनको भाउ स्थिर

काठमाडौं, बैशाख ४ । आज सुनको भाउ स्थिर छ । बिहिबार तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा किनबेच भईरहेको हो । आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा नै स्थिर छ । आज चाँदीको भाउ पनि तोलाको १४ सय १५ […]

सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढेको छ । यो महिना लागे पछि सुनको भाउ लगातार बढेको छ । मंसिर अन्तिम हप्ता केही घटेको सुनको भाउ फेरि बढ्न थालेको हो । आज तोलामा सुनको भाउ एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको छ । हिजो पनि तोलामा सात सय रुपैयाँले सुनको भाउ बढेको थियो । यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । हिजो तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ५० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

१६ सय रुपैयाँले सुनको भाउ घट्यो

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । […]

सुनको भाउ तीन सय रुपैयाँले घट्याे

काठमाण्डाै - सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो । हिजो काठमाण्डौमा सार्वजनिक बिदा र अस्ति शनिवार भएकाले दुई दिन सुनको भाउ तोकिएको थिएन । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ ।