काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ । मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन आज माइतीघरमा पुगेका शाहीविरुद्ध मिटरब्याज पीडितहरुले नै नाराबाजी गरेका हुन् । आफूहरुले नागरिक आन्दोलन गरेको, राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने मिटरब्याज पीडितहरुले बताए । बिहान टंगालमा धर्ना दिन पुगेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर […]
काठमाडौँ– संविधान संशोधनको माग गर्दै ‘बृहत् नागरिक आन्दोलन’ले काठमाडौँमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो। विरोधमा सहभागी भएकाहरुले ‘यो सडकको आवाज सुन, अपुरो अधुरो संविधान संशोधन गर, देश कसरी बन्छ जब संविधान नै राम्रो बन्दैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। विरोध र्यालीपछिको […]
काठमाडौँ– ‘बृहत् नागरिक आन्दोलन’ले शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ। ‘जनताका लागि लोकतन्त्र’ भन्ने नाराका साथ माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मार्चपाससहित प्रदर्शन गरिएको हो। प्रदर्शनका क्रममा राज्यबाट भइरहेका गलत प्रवृतिको विरोध गरिएको छ। देशमा व्यवस्था परिवर्तन भएपनि शासकीय सोच परिवर्तन नभएको प्रदर्शनमा सहभागीहरुको भनाइ छ। प्रदर्शनमा सहभागीहरुले ‘कस्तो थिति? जनजीविका, न्याय सुनिश्चित गर्ने थिति’, ‘व्यवस्था फेरियो, […]
शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण अन्त्य गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नागरिक आन्दोलन समूहको नेतृत्वमा भएको सो प्रदर्शनमा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध समेत चर्को विरोध गरिएको छ ।बीपी प्रतिष्ठानमा उपकरण खरिद, पुरानो मेसिन, बेरुजु, ठेक्का लगायत अन्य विविध शीर्षकमा अनियमितता हुने गरेको भन्दै प्रदर्शनकारीहरूले त्यसको छानविन हुनुपर्ने माग गरे । प्रदर्शनकारीहरूले प्रतिष्ठान डुबाएर आफ्नो जीवन उकास्ने
बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले राजधानीको कमलपोखरीको बीच भागमा निर्माण भइरहेको कंक्रिट संरचना भत्काइदिएका छन्। शुक्रबार सडक विस्तारका नाममा स्थानीयको उठिबास लगाएको भन्दै बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः ...
गत ११ पुसमा माइतीघरबाट सुरु भएकोे बृहत् नागरिक आन्दोलन माइतीघर हुँदै प्रज्ञा प्रतिष्ठान–कमलपोखरी–बालुवाटार हुँदै ७ फागुनमा टँुडिखेल पुगेको थियो । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको विरोधमा रचनात्मक विरोध...
काठमाडौं: प्रतिनिधिसभा विघटनपछि राजनीतिक दलसँगै नागरिक समाज आन्दोलित छ। माइतीघर र बालुवाटारमा विरोध प्रदर्शनपछि अहिले बृहत् नागरिक आन्दोलन राणाकालमा गंगालाल श्रेष्ठ र दशरथ चन्द्रलाई मृत्युदण्ड दिइएको स्थानमा केन्द्रित भएको छ।
मंगलबार शोभा भगवतीमा राजद्रोह मुद्दामा राणाहरुले मृत्युदण्ड दिएका श्रेष्ठ र चन्द्रलाई झुण्ड्याइएको स्थानबाट प्रतिगमनको विरोध गरे। शिल्पी थिएटरका रंगकर्मीहरुले शहीदहरुलाई ८० वर्षअघि…
प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघरमा शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा 'संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौं' लेखिएको प्लेकार्ड देखाइएको थियो । हरेक शनिबार नागरिक अगुवाहरू माइतीघर मण्डलामा भेला भएर विरोध गर्दै आइरहेका छन् । प्रतिगमनविरूद्ध बृहत् नागरिक आन्दोलनले आन्दोलन अझ सशक्त बनाउँदै सोमबार २ बजे कमलपोखरीबाट जुलुस निकाल्दै बालुवाटार पुग्ने निर्णय सुनाएको थियो ।
११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन सुरू भएको छ । बृहत नागरिक आन्दोलनको पहिलो दिन शनिबार माइतीघर मण्डलामा 'शंख एपिसोड'सहित कोणसभा सम्पन्न भएको छ ।
१८ …