सप्तरी : जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने मालपोतका कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ।
राजविराज नगरपालिका–७ को तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज ५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज–९ का हरिनारायण शर्मालाई बुधबार जनही छ वर्ष…