सप्तरी – जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका ७ को करोडौँ रुपैयाँ पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायब सुब्बा राजविराज ५ का सीताराम चौधरी र कार्यालय सहायक राजविराज ९ का हरिनारायण शर्मालाई बुधवार जनही ६ वर्ष कैद सजाय भएको छ ।
कीर्ते गरेकाेमा एक वर्ष, कर्मचारी भएकाले थप दुई वर्ष र ठगी गरेकाेमा तीन वर्ष गरी ६ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानक...