नयाँ राइड शेयरिङ प्लेटफर्म सार्वजनिक

काठमाडौं । नेपाली बजारमा नयाँ सेफ राइड नामक प्लेटफर्म सार्वजनिक भएको छ । सो प्लेटफर्ममा आवद्ध हुने राइडरले बिना कुनै शुल्क रजिस्टर गरी ३ महिनासम्म कुनै किसिमको कमिसन तिर्नु नपर्ने कम्पनीको भनाइ छ । उक्त ऐपमा आपतकालीन अवस्थामा इमर्जेन्सी एसओएस एक्टिभेट गर्न सकिने बताइएको छ । त्यसैगरी, सह संस्थापक प्रकाश मालाकारले राइड शेयर गरिसकेपछि एपबाटै […]

सम्बन्धित सामग्री

रिब्रान्डिङसहित पुनः सञ्चालनमा आयो नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल

नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल रिब्रान्डिङसहित पुनः सञ्चालनमा आएको छ । टुटलले भदौ २० गतेदेखि आफ्नो सेवा सुरू गरेको हो ।  ज्याप सर्भिसेस प्रालिले बुधबारदेखि टुटललाई रिब्रान्डिङसहित सञ्चालनमा ल्याएको छ । यस अवसरमा कम्पनीले पहिलो ८८ वटा राइडमा ८८ प्रतिशत छुट दिने जनाएको छ । केही समय पहिले बन्द भएको टुटल फेरि नयाँ व्यवस्थापले सञ्चालनमा ल्याएसँगै वेबसाइट पनि...

नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी ई-सवारी आउँदै

नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । अबको केही दिनमै नेपाली बजारमा ई-सवारी नामक नयाँ राइड शेयरिङ कम्पनी सार्वजनिक हुन लागेको हो ।  ई-सवारीले पहिलो चरणमा मधेश प्रदेशबाट सेवा सुरू गर्ने जनाएको छ । अहिले कम्पनी राइडर भर्ना गर्न थालेको छ । यदी तपाई पनि राइडरको रूपमा भर्ना हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गर्नुहोस् ।  नयाँ लक्ष्य र उपभोक्तालाई...

राइड शेयरिङलाई कानुनी दायरामा ल्याउन निर्देशन

काठमाडौँ – महालेखा परिक्षकले राइड शेयरिङलाई कानुनी दायरामा ल्याउन भनेको छ। महालेखाले बिहीबार सार्वजनिक गरेको आफ्नो ६०औँ वार्षिक प्रतिवेदनमा राइड शेयरिङ व्यवसाय सवारी तथा यातायात व्यवस्थापन ऐन, २०४९ विपरीत सञ्चालन भइरहेकाले त्यसलाई संशोधन गर्न भनेको हो। ऐनअनुसार एउटा प्रयोजनाका लागि दर्ता भएका सवारी साधन अर्को प्रयोजनका लागि प्रयोग गर्न पाइँदैन। तर निजी सवारी साधानले सार्वजनिक […]

विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिँदै सुन्दर यातायात

काठमाडौं । सुन्दर यातायात प्रालिले विद्युतीय स्कुटरमार्फत काठमाडौं उपत्यकामा राइड शेयरिङ सेवा शुरू गर्ने तयारी गरेको छ । आगामी वैशाख १ देखि तीन चरणमा गरी १०० ओटा विद्युतीय स्कुटरमार्फत सेवा शुरू गरिने कम्पनीले जानकारी दिएको छ । यसका लागि ५ करोड रुपैयाँ लगानी हुने कम्पनीले बताएको छ । पहिलो चरणमा ३०, दोस्रो चरणमा ३० र तेस्रो चरणमा ४० ओटा स्कुटरमार्फत सेवा दिइने कम्पनीले बताएको छ । कम्पनीले नै विद्युतीयमा रूपान्तरण गरेका ५० ओटा र आयातित ५० ओटा विद्युतीय स्कुटर राइड शेयरिङ सेवामा प्रयोग गरिने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार विद्युतीय स्कुटरमार्फत राइड शेयरिङसहित फुड डेलिभरी सेवासमेत दिइनेछ । यसमा जोडिन चाहने राइडरका लागि यसअघि नै आवेदन खोलिसकिएको कम्पनीले बताएको छ । हालसम्म १ हजार ६०० जनाले आवेदन दिइसकेको कम्पनीको भनाइ छ । दुईपांग्रे सवारीसाधनको चालक अनुमतिपत्र भएका नेपाली नागरिक यसमा आबद्ध हुन सक्ने अध्यक्ष थापाले बताए । राइडरको आवेदनका लागि कम्पनीले शुल्क लिएको छैन । राइड शेयरिङ सेवामा प्रयोग गरिने स्कुटर कम्पनीले नै उपलब्ध गराउने हुँदा आफ्नो सवारीसाधन नहुने राइडरलाई समेत सहज हुने कम्पनीको भनाइ छ । स्कुटरको चार्जिङ तथा मर्मतसम्भार खर्च समेत कम्पनीले नै बेहोर्नेछ । कम्पनीले आफ्नो खर्च कटाएर राइडरलाई दैनिक ८०० देखि १ हजार रुपैयाँसम्म पारिश्रमिक दिने बताइएको छ । ‘काठमाडौं उपत्यकामा अहिले विभिन्न राइड शेयरिङ कम्पनीले पेट्रोलबाट चल्ने बाइक/स्कुटरमार्फत सेवा दिइरहेका छन् । सेवाग्राहीले त्यसमा महँगो शुल्क तिर्नुपरेको छ,’ अध्यक्ष थापाले भने, ‘तर विद्युतीय स्कुटरमार्फत सुन्दर यातायातले शुरू गर्ने राइड शेयरिङ सेवा पेट्रोलबाट चल्ने सवारीसाधनको भन्दा ५० प्रतिशत सस्तो हुनेछ ।’ सेवाग्राहीले सेवा लिन सुन्दर यातायातको एपमार्फत आफू जाने स्थान र त्यहाँसम्म लाग्ने भाडा राखेर राइडरलाई ‘रिक्वेक्ट’ पठाउनुपर्नेछ । उक्त रिक्वेस्ट सबैभन्दा नजिक रहेको राइडरले स्वीकार गर्न सक्ने व्यवस्था छ । त्यसपछि यात्रुले आफू भएको स्थानबारे अनलाइनमार्फत जानकारी दिएपछि राइडरले यात्रु भएकै स्थानबाट ‘पिकअप’ गर्नेछन् । यात्रुको सुरक्षाका लागि राइडरले प्रयोग गर्ने हेल्मेटको अगाडि र पछाडि क्यामेरा जडान गरिएको हुनेछ । सो क्यामेरामा रेकर्ड भएका फुटेज ७२ घण्टासम्म मात्र सुरक्षित रहने भएकाले राइडरले गरेका कुनै दुव्र्यवहारसम्बन्धी उजुरी गर्नुपरेमा यात्रुले उक्त समयभित्र कम्पनीमा जानकारी गराउनुपर्नेछ । राइडर र सेवाग्राही दुवैको दुर्घटना बीमा समेत गरिएको छ । काठमाडौं उपत्यकाबाट शुरू हुने राइड शेयरिङ सेवा बुटवल र पोखरामा समेत शुरू गर्ने योजना कम्पनीले बनाएको छ । सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालिले विगत एक वर्षदेखि विदेशबाट पाटपुर्जा आयात गरी नेपालमै विद्युतीय बाइक र स्कुटर उत्पादन गरिरहेको छ ।

नेपालमा व्यवसाय विस्तार गर्दैछौं, कार्यालय पनि स्थापना हुँदैछः इनड्राइभर

पछिल्लो समय नेपालमा राइड शेयरिङ सेवा लोकप्रिय हुँदै गइरहेको छ । विशेष गरी काठमाडौं उपत्यकामा यस्तो सेवा धेरै लोकप्रिय छ । राइड शेयरिङका लागि धेरै कम्पनीहरू बजारमा छन् । नेपाली राइड शेयरिङ बजारमा ‘इनड्राइभर’ नामक अन्तर्राष्ट्रिय कम्पनी पनि प्रवेश गरेको छ । गत अप्रिलदेखि नेपालमा सेवा दिन थालेको छ । तर अफ्रिलदेखि सेवा सुरू गरेको इनड्राइभर नेपालमा दर्ता नभएको भन्दै तीब्र...

राइड शेयरिङको अफलाइन प्रयोगले बढायो सुरक्षा जोखिम

काठमाडौं, बैशाख १२। प्रविधिमैत्री यातायातको रूपमा यात्रुको रोजाइमा परेको राइड शेयरिङ सेवाको अफलाइन प्रयोगले सुरक्षा जोखिम बढाएको छ । सानो लगानीमा पनि शुरू गर्न सकिने स्टार्टअप व्यवसाय भएकाले पछिल्लो समय राइड शेयरिङ कम्पनी बढेका छन् । तर बढी आम्दानीको लोभमा यस्ता कम्पनीका राइडरले अफलाइन सेवा दिँदा सुरक्षाको चिन्ता थपिएको छ । काठमाडौं उपत्यकामा सेवा दिँदै […]

फुड डेलिभरीदेखि राइड शेयरिङ एउटै एपमा

१४ मंसिर, काठमाडौं । फुड डेलिभरीदेखि राइड शेयर लगायत अनेक सुविधा बोकेर ‘योपो सुपर एप’ सार्वजनिक भएको छ । दैनिक जीवनमा अत्यावश्यक विभिन्न सुविधालाई एउटै एप्लिकेसनमा एकीकृत गरेर ल्याइएको यो एप प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने निर्माणपक्षले जनाएको छ । ‘थिंक फ्युचर’ नारासहित शुरु भएको यो एपले अहिले विभिन्न क्षेत्रका व्यवसायीसँग ‘टाई अप’ […]

राइड शेयरिङ एप साहाराको दशैं अफर, बाइक र मोबाइल जित्ने मौका

राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी दशैँ अफर ल्याएको छ । यस अफर अन्तगर्त राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्न सक्ने छन् भने ग्राहकले साहाराको वालेटमा ५ हजार जित्न सक्ने छन् ।  कम्पनीका अनुसार असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरले रेडमी ९ र नगद बोनस समेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक...