महोत्तरीका किसानको प्रश्न : पानी नभएर धान रोप्न पाइएन, के गरी गुजारा गर्ने होला?

महोत्तरी : मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्यभेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ। महोत्तरीबाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चितबाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ। असार मध्ययता पानी परेको छैन। त्यसअघि  परेको पानीमा धान रोप्न भनेर हिल्याइएका खेत अहिले सुकेका छन्। ब्याड पनि लगातार…

सम्बन्धित सामग्री

उखु पेलेर गुजारा

बेदकोट (कञ्चनपुर), १९ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३० वर्षीय निमबहादुर चौधरी उखु पेल्नमै व्यस्त छन् । गर्मीयाम सुरु भएसँगै फागुन दोस्रो सातायता चौधरीको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ ।

फ्रान्स र जर्मनीका संगीतकार भन्छन्, एआईका कारण गुजारा गर्न गाह्रो हुने भयो

दुई तिहाइभन्दा बढी संगीतकारलाई कृत्रिम बौद्धिकता (एआई) को डर रहेको फ्रान्सेली र जर्मन संगीत समाजको अध्ययनले देखाएको छ। संगीत उद्योगमा १५ हजारभन्दा बढी व्यक्तिको सर्वेक्षणका आधारमा फ्रान्सका लेखक, संगीतकार र संगीत प्रकाशकहरूको समाज (सेसेम) र यसको जर्मन समकक्षी जीईएमएले ७१ प्रतिशत उत्तरदाताले अब उनीहरूले भविष्यमा गुजारा गर्न नसक्ने जवाफ दिएको बताएका छन्। सर्वेक्षणमा ३५ प्रतिशतले पहिलादेखि नै संगीत निर्माणसँग सम्बन्धित क्षेत्रहरूको ठूलो संख्या मा एआई प्रयोग गरिरहेको पाइएको छ। यद्यपि

मकै पोलेर गुजारा

काठमाडौँ,१४ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटको व्यस्त सडक । सडक छेउ त्रिपाल टाँगेर बनाइएका टहरामा करिब २५ घर परिवार बस्छन् । उनीहरुको दैनिकी मकै पोलेर बिक्री गर्दै बित्छ । गैँडाकोटको सडक छेउमा छाप्रोभित्र मकै पोल्दै छन् गैँडाकोट–७ का पिङ्की दराई । उनि विगत पाँच वर्षदेखि यसैगरी मकै पोलेर जीविका चलाउँदै आएका छन् । मकै […]

रौतहटको गुजारा नगरपालिकामा हवाई फायर

४ मंसिर, काठमाडौं । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । मतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर […]

आरन चलाएर गुजारा

काठमाडौँ,२३ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ । झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन् । कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन् । तिनै घन र हतौडासँग खेल्दै गरेका भेटिनुहुन्छ, भीमदत्त –६ का ६६ वर्षीय विष्णु लुहार । उनले आरनको काम गर्छन् । […]

जवा नदीको बालुवा, गरिबको गुजारा

जुम्ला चन्दननाथ नगरपालिका १ की ५८ वर्षीय बासमती कुलाल हरेक बिहान ५ बजे जवा नदी किनारमा पुग्छिन् । उनी दिनभर जवा नदीमै भेटिन्छिन् । नदीको बालुवा निकाल्ने र बेच्ने उनको दैनिकी हो । त्यही जवा नदीको बालुवा बेचेर उनको परिवारको गुजारा चल्छ । उनले भनिन्,‘एकाबिहानै आउँछु । नदीको बालुवामै खेल्छु । बालुवामै रमाउँछु । परिवारको खर्च जोहो गर्ने बालुवा एक स्रोत बनेको छ । जवा नदीको बालुवा जीवन चलाउने गुजारा बनेको छ । उनका छिमेकी धनमाया कुलाल पनि उनीसँगै जवा जान्छिन् । दिनभरि बालुका निकालेर व्यापारील

दृष्टिविहीन महिलाको पीडा : गुजारा चलाउनै समस्या

दृष्टिविहीन महिलाले कोरोना महामारीका कारण आफूहरुलाई गुजारा चलाउनै समस्या परेको बताएका छन् । पाल्पाको रिब्दिकोट गाउँपालिका–३ की ईन्दिरा थापा क्षेत्रीले कोरोना महामारीका कारण सडक संगीतसमेत प्रभावित भएपछि आफूहरुलाई गुजारा चलाउनै समस्या भएको बताइन् ।दृष्टिविहीन महिलालाई जीवनका हरेक पाइला चुनौतीपूर्ण रहेको उनको भनाइ छ । गाडीमा हिँड्दादेखि विभिन्न ठाउँमा यौन हिंसा सहनु पर्ने गुनासोसमेत उनले गरिन् ।उनकी बहिनी पनि दृष्टिविहीन छिन् । यद्यपि बहिनीले दृष्टिविहीनसँगै विवाह गरेको उनको भनाइ छ । तर, आफू

बुढेसकालको व्यवसायले धानेको गुजारा

चाहे सानो कर्म होस् वा ठूलो । कर्मको सम्मान गर्नैपर्छ । तर, यस्ता कर्महरू हुन्छन् जुन व्यावसायिक दुनियाँमा निकै नै फलदायी हुन्छन्, त्यो हो— व्यापार–व्यवसाय । व्यापार–व्यवसाय पनि धेरै प्रकारका हुन्छन्, कुनै ठूला व्यवसाय हुन्छन् त कुनै साना । आज म यस्तो व्यवसायको विषयमा लेख्दै छु, जसले बुढेसकालमा पनि वर्षौंदेखिको व्यवसायले उनीहरूको पारिवारिक गुजारा चलेको […]

बालुवा बेचेर गुजारा चलाउँदै जुम्लाका महिला

जुम्ला : चन्दननाथ नगरपालिका–१ की ५८ वर्षीया बास्मति कुलाल हरेक बिहान ५ बजे जवा नदी किनारमा पुग्छिन्। नदीको बालुवा निकाल्ने र बेच्ने उनी साँझसम्म किनारमै भेटिन्छिन्।जवा नदीको बालुवा बेचेर गुजारा चलाउने बास्मति मात्र होइनन्। चन्दननाथ–१ कै धनमाया कुलालले पनि दिनभरि निकालेको बालुवा बेचेर घर खर्च चलाउँदै आएकी छन्। ‘हामी नदी किनारमै खाना खान्छौं। नदी किनारमै ठेकेदार बालुवा लिन आउँछन्। किनारमै रुपैयाँ दिन्छन्। फर्कन्छन्,’ धनमायाले भनिन्, ‘एक दिनमा १५ बोरासम्म निकाल्छौ

दृष्टिविहीन परिवारलाई निषेधाज्ञाले दैनिक गुजारा चलाउन सकस

मध्यपुर थिमि नगरपालिका–२ सानोथिमिमा डेरा गरी बस्ने कमला अधिकारीको आम्दानीको मुख्य स्रोत अगरबत्तीको व्यापार हो । शहर बजारका पसलपसल र घरघर डुलेर अगरबत्ती बेचेर गुजारा चलाउँदै आएका कमलाको आम्दानी अहिले बन्द भएको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि गते १६ गते वैशाखदेखि निषेधाज्ञा लागू गरेपछि उनको व्यवसाय पनि बन्द भएको हो ।  कमला दृष्टिविहीन छन् । उनको परिवारमा उनको सासू, ससुरा, श्रीमान्, आमाजू र आठ वर्षको नानी गरी छ सदस्य छन् । ससुरा क्यान्सरले पीडित छन् । सासू दम र मधुमेहका बिराम...