जिल्ला न्यायाधीशका लागि लिइएको परीक्षाको नतिजा प्रकाशित गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन् ।
आयोगका प्रवक्ता मानबहादुर कार्कीका अनुसार बुधवार (भोलि) ३ बजेका लागि बैठक डाकिएको हो।
न्याय सेवा आयोगले गएको साउन १९ गते विज्ञापन गरेर १८ जना जिल्ला न्यायाधीश माग गरेको थियो । जसमा आन्तरिक खुलातर्फ ९ जना, खुला प्रतिस्पर्धाबाट ५ जना, महिलाबाट २ जना, जनजाति र मधेशी समुदायबाट एक-एकजना गरी कुल १८ जना माग भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अध्यक्ष रहेको आयोगमा क...