इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार छैटौं हार व्यहोर्यको छ । शनिबार भएको खेलमा मुम्बई लखनउ सुपर जाइन्ट्ससँग १८ रनले पराजित भएको हो । मुम्बईमा लखनउनले जितका लागि दिएको २०० रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८१ बनायो ।मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै डेवाल्ड ब्रेभिसले ३१ रन बनाउँदा तिलक बर्माले २६ रनको योगदान गरे । बलिङतर्फ लखनउका लागि आभेस खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै