निषेधाज्ञा १५ दिन लम्ब्याउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने तयारी गरिएको छ । आइतवार र सोमवारको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निष्कर्ष निकालेको छ । निषेधाज्ञामा काठमाडौं उपत्यकामा भीडभाड बढेकाले मंगलवार बस्ने उपत्यकाका तीन जिल्लाका प्रजिअहरूको बैठकले कडाइका साथ निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘हामी कडाइका साथ १५ दिन निषेधाज्ञा थप गर्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने, ‘अझै केही क्षेत्रमा कडीकडाउ गर्नुपर्छ भन्ने निष्कर्ष निस्किएको छ ।’ उनले भीडभाड हुने क्षेत्र, सार्वजनिक निर्माणका क्षेत्र र जनशक्ति थप गरेर अनावश्यक हिँडडुल गर्नेलाई कारबाही गर्ने गरी निषेधाज्ञा थपिने जानकारी दिए । विवाह/व्रतबन्धलगायत क्रियाकलापले संक्रमण बढाएकाले यस्ता क्रियाकलाप रोक्ने छलफल पनि भएको उनको भनाइ छ । ‘यसअघि १५ जनासम्मको सहभागितामा विवाह/व्रतबन्धका कार्यक्रम हुन दिने गरिएकोमा अब यसलाई अझ कसिलो पार्ने भनेका छौं,’ उनले भने । निषेधाज्ञाको आधिकारिक निर्णय भने मंगलवार (आज) बस्ने उपत्यकाका तीन प्रजिअको बैठकले गर्ने जानकारी उनले दिए । उपत्यकामा गत वैशाख १६ गतेदेखि १ साताका लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि १ साताका लागि थप गरिएको जारी निषेधाज्ञा वैशाख २९ मा सकिँदै छ ।

सम्बन्धित सामग्री

हुम्लामा १५ दिन निषेधाज्ञा थप

हुम्ला जिल्ला कोभिड –१९  सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गणेश आचार्यका अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नाकाहरुमा नियन्त्रण गर्नेलगायत  निर्णय गरेको छ । संक्रमण बढ्दै गएकाले निषेधाज्ञा थप गरिएको हो ।

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् । सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।सङ्क्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्

राजधानी काठमाडौंमा १५ दिन निषेधाज्ञा थप

राजधानी काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी भएको छ । काठमाडौंका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौंका स्थानीय तहका जनप्रतिनिधिको सिफारिस अनुसार निषेधाज्ञा थप्ने निर्णय गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथामका लागि वैशाख १६ गतेदेखि काठमाडौंमा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म कायम थियो । अब १५ दिन थपिने भएको छ ।

काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा थप

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । यस्तै प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम […]

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थपियाे

मंगलबार सम्पन्न उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो।

उपत्यकामा १५ दिन थपियाे निषेधाज्ञा

काठमाडौं : काठमाडाैं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु बसेको बैठकले थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। निषेधाज्ञा कडाई गर्न विभिन्न क्षेत्रमा रोक लगाएको जानकारी दिँदै उनले केही बेरपछि ती निर्णय सार्वजनिक गरिने बताए।बैठकमा कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला भने सहभागी भएका थिएनन्। निषे

उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ

डीसीसीएमसीको निर्णय- काठमाडौंमा थप १५ दिन निषेधाज्ञा थप गर्ने

कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ।

उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

काठमाडौँ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौँले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । सोमबार काठमाडौँका मेयरहरुसँग एको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस गरिएको हो । स्रोतका अनुसार यसका लागि भोलि मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।

मन्त्रिपरिषद्काे निर्णय : ७ दिन होइन १५ दिन निषेधाज्ञा

सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेका थिए । अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ ।‘जिल्ला प्रशासन कार्यालयहरूले ७ दिनको भने पनि मन्त्रिपरिषद्ले १५ दिनको निर्णय गरेको छ, अब यही निर्णय