बेलायतको दाबी – युक्रेनमा रुस समर्थक राष्ट्रपति चाहन्छन् पुटिन

 रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुस समर्थित राष्ट्रपति तैनाथ गर्न चाहेको बेलायतले आरोप लगाएको छ । बेलायती विदेश मन्त्रालयले एक असामान्य कदम उठाउँदै युक्रेनका पूर्व सांसद येवेन मरायेवलाई रुसको एक सम्भावित उम्मेदवार बताएको छ । रुसले युक्रेनी सीमामा आफ्नो एक लाखभन्दा बढी जवान तैनाथ गरेको छ र रुसले युक्रेनमा हमला गर्न लागेको हल्लालाई अफवाहको संज्ञा दिएको छ । बेलायतका मन्त्रीले यदि हमला गरियो भने रुसी सरकारले यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । एक

सम्बन्धित सामग्री

युक्रेनको खाद्यान्न निकासीको सम्झौताबाट पछि हट्यो रुस

एजेन्सी । युक्रेनको खाद्यान्न निकासीमा अवरोध नगर्ने सम्झौताबाट रुस पछि हटेको छ । युक्रेनले रुस र क्राइमिया जोड्ने पुलमा क्षेप्यास्त्र आक्रमण गरेकै दिन सोमबार मस्को कृष्णसागर हुँदै युक्रेनको खाद्यान्न निकासी गर्न दिने सम्झौताबाट पछि हटेको हो । तर रुसले क्राइमियाको पुल आक्रमणसँग खाद्यान्न निकासी सम्बन्धि निर्णयको कुनै सरोकार नरहेको दाबी गरेको छ । युक्रेनलाई खाद्यान्न […]

युक्रेन प्रकरणले रुस र अमेरिकाबीच सीधा टकरावको खतरा

एजेन्सी । युक्रेन युद्ध प्रकरणले दुई ठूला शक्ति राष्ट्र रुस र अमेरिकाबीच सिधा टकरावको खतरा बढेको छ । मंगलबार अमेरिकाको एउटा मानवरहित ड्रोन रुसी लडाकु विमानसँग ठोकिएर दुर्घटनाग्रस्त भएलगत्तै अन्तर्राष्ट्रिय सुरक्षामा गम्भिर चुनौती थपिएको हो । रुसी लडाकु विमानसँग ठोकिएर आफ्नो एम. क्यु. नाइन ड्रोन विमान कृष्ण सागरमा खसेको अमेरीकी रक्षा मन्त्रालयको दाबी छ । […]

दुवै युक्रेन र रुसले नै गरे लाइसान्स्कमाथि नियन्त्रणको दाबी

काठमाडौँ- युक्रेनको पूर्वी सहर लाइसान्स्कलाई युक्रेनी तथा रुस सेनाले आफ्नो निरन्तरमा भएको दाबी गरेका छन् । रुसद्वारा लाइसान्स्कमा भारी मात्रामा भएको आक्रमणको प्रतिरोध गरेको तर सहर कब्जा नभएको युक्रेनको दाबी छ । तथापि, रुसी समर्थित अलगाववादीहरुले भने सहरमा सफलतापूर्वक प्रवेश गरेको र सहरको बीचमा पुगेको दाबी गरिरहेको छ । रुसी सञ्चार माध्यमले रुसी सेना सडकहरूमा […]

रुस — युक्रेन द्वन्द्वका क्रममा २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दाबी

किभ । रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरेका हुन् । सिएनएनसँगको कुराकानीका क्रममा उनले दिएको जानकारी अनुसार अरु १० हजार भन्दा बढी युक्रेनी राष्ट्र सेवक […]

रुस–युक्रेन युद्ध लम्बिँदै गए अमेरिकी डलर कमजोर बन्न सक्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले रुस–युक्रेन युद्ध लम्बिँदै गएमा अमेरिकी डलर कमजोर बन्न सक्ने दाबी गरेको छ ।आईएमएफकी प्रथम उपकार्यकारी निर्देशक गीता गोपीनाथले द फाइनान्सियल टाइम्ससँग कुराकानी गर्दै युद्ध लम्बिँदै जाँदा र रुसमाथिको आर्थिक प्रतिबन्धका कारण अमेरिकी डलरको प्रभुत्व क्रमशः कमजोर बन्दै जाने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेपछि अमेरिका र युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाइरहेका छन् । रुसले पेट्रोलियम पदार्थको भुक्तानी आफ्नै मुद्रा रुबलमा गर्...

युक्रेन–रुस युद्ध : रुसलाई चीनबाट सैन्य मद्दत चाहिएको रिपोर्टको दाबी

फाइनेन्सियल टाइम्स र न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार रुसले चीनबाट सैन्य र आर्थिक मद्दतको माग गरेको छ । रुसले चीनबाट युक्रेनमा सैन्य सामानको आपूर्ति गर्न चाहेको बताइएको छ । फाइनेन्सियल टाइम्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रुस हमलाको सुरुवातदेखि नै चीनलाई उपकरणका लागि अनुरोध गरिरहेको बताएको छ ।यद्यपि, अधिकारीले रुसले कस्तो खालका उपकरणको माग गरिरहेको थियो भन्ने कुरा स्पष्ट रुपमा बताएको छैन । रिपोर्टका अनुसार चीनले यो मामिलामा रुसलाई मद्दत गर्नसक्ने कुरामा संकेत पाइएको

हामीले रुस सामु आत्मसमर्पण गरेका छैनौँ र गर्ने छैनौँ : युक्रेनी विदेशमन्त्री

रुस र युक्रेनका विदेशमन्त्रीबीचको पहिलो चरणको वार्ता विफल भएको छ । टर्कीमा भएको वार्तामा युद्धविरामका लागि कुनै पनि प्रगति नभएको युक्रेनले जनाएको हो । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले गरेको माग आत्मसमर्पण सरह रहेको युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले बताएका छन् । यता लाभरोभले भने आफ्नो देशको सैन्य अभियान (युक्रेनमाथिको आक्रमण) योजना अनुसार नै गएको दाबी गरेका […]

रुस-युक्रेन युद्धः के के हुँदैछ ?

एजेन्सी, २१ फागुन । रुस र युक्रेनबीचको युद्धको नवौं दिन पुगेको छ । हालसम्म दुवैतर्फ ठूलो क्षति भइसकेको छ । रुसले ५ सय सैनिकको मृत्युको पुष्टि गरेको छ । युक्रेनले २ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको मात्र खुलाएको छ । उसले ९ हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । रुसले युक्रेनका मुख्य शहरहरु […]

रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?

एजेन्सी, १९ फागुन । रुस र युक्रेनबीच युद्धको आज आठौं दिन । युद्धले ठूलो जनधनको क्षति भएको खुलेको छ । रुसी हालैमात्र सार्वजनिक गरेको रिपोर्टमा ५०० सैनिक मारिएको उल्लेख छ । १६ सय घाइते भएको जनाइएको छ । युक्रेनले भने ७ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । तर, उसले आफ्ना तर्फबाट भएको क्षति […]

रुस र युक्रेनबीच वार्ताको तयारी भइरहेको दाबी

१६ फागुन: आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ । बेलारुसले सोमबार वार्ता गर्ने तयारी भइरहेको त्यसका लागि सवै तयारी पुरा भइसकेको पनि जानकारी दिएको छ । अधिकारीहरुले वार्ता आइतबार नै गराउने प्रयास भएको भएपनि तयारी पुरा नभएको र पर्याप्त वातावरण नबनेकाले वार्ता हुन नसकेको उल्लेख गरेका […]