युक्रेन–रुस युद्ध : रुसलाई चीनबाट सैन्य मद्दत चाहिएको रिपोर्टको दाबी

 फाइनेन्सियल टाइम्स र न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार रुसले चीनबाट सैन्य र आर्थिक मद्दतको माग गरेको छ । रुसले चीनबाट युक्रेनमा सैन्य सामानको आपूर्ति गर्न चाहेको बताइएको छ । फाइनेन्सियल टाइम्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रुस हमलाको सुरुवातदेखि नै चीनलाई उपकरणका लागि अनुरोध गरिरहेको बताएको छ ।यद्यपि, अधिकारीले रुसले कस्तो खालका उपकरणको माग गरिरहेको थियो भन्ने कुरा स्पष्ट रुपमा बताएको छैन । रिपोर्टका अनुसार चीनले यो मामिलामा रुसलाई मद्दत गर्नसक्ने कुरामा संकेत पाइएको