जेठ १४, काठमाडौं । मोरङ व्यापार संघ र त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको स्नातकोत्तर क्याम्पस विराटनगर बीच विभिन्न विषयमा अनुसन्धान अघि बढाउने विषयमा समझदारी भएको छ ।
मोरङ व्यापार संघको सचिवालयमा संघका अध्यक्ष नवीन रिजाल र स्नाकोत्तर क्याम्पस, विराटनगरका निमित्त क्याम्पस प्रमुख जयनारायण श्रेष्ठबीच शुक्रवार समझदारी पत्रमा वर्तमान उद्योगरव्यवसायको अवस्था, प्राकृतिक वातावरण, जैविक विविधतालगायत अन्य विविध समस्याहरू र तिनका समाधानका लागि सम्बन्धित सरकारी निकायहरू बीच समन्वय, सहकार्य, अनुसन्धान गरी प्राप्त यथार्थ निचोडलाई सरकारका सम्बन्धित निकायहरूमा सुझाव दिई कार्यान्वयनका लागि पहल गर्ने उल्लेख छ ।
उक्तअवसरमा सम्झौतापछि आगामी दिनमा उद्योग व्यवसाय र उच्च शिक्षा प्रदायक निकाय बीच हुने अन्तरसंवाद र सहकार्यले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानको अवसर प्राप्त हुने अध्यक्ष रिजालले बताए ।
उद्योग व्यवसायीहरूलाई उच्च शिक्षा प्राप्त गर्दै गरेका युवा विद्यार्थीहरूसँग सहकार्यबाट प्राप्त व्यवहारिक एवं सैद्धान्तिक ज्ञानलाई उर्जाशील र उत्पादकत्व बढाउन अभिप्रेरित गर्ने विश्वास लिइएको संघले बताएको छ ।