नेपाल राष्ट्र बैंकको रेमिट्यान्स नियममा समायोजन

रुजान अहमद । नेपाल राष्ट्र बैंक (एनआरबी)ले आन्तरिक रेमिट्यान्सको सीमा घटाएको छ । राष्ट्र बैंकले व्यक्तिगत दैनिक सीमा एक लाख रुपैयाँबाट घटाएर २५ हजार रुपैयाँ कायम गरेको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सो सीमालाई हुन्डी निरुत्साहित गर्नका लागि घटाइएको, रेमिट्यान्स कम्पनीलाई उनीहरूको उद्देश्यमा बढी केन्द्रित बनाउन र नगदको सट्टा बैंक मार्फत कारोबार […]

सम्बन्धित सामग्री

१० महिनामा भित्रियो १२ खर्ब रेमिट्यान्स

२८ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा करिब १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको १० महिना (२०८० साउन– २०८१ वैशाख) सम्मको देशको वर्तमान आर्थिक स्थिति …

रेमिट्यान्स ल्याउन योगदान पुर्याएको भन्दै इसेवा मनी ट्रान्सफरलाई सम्मान

नेपाल राष्ट्र बैंक ले आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०२२/२३ मा रेमिट्यान्स

रेमिट्यान्स कम्पनीलाई हरेक तीन दिनमा विवरण पठाउन राष्ट्र बैंकको निर्देशन

वित्तीय लगायत रेमिट्यान्स कम्पनीका सम्पूर्ण गतिविधि सम्बन्धी विवरण बुझाउन राष्ट्र बैंकले समयसीमा तोकेको छ । राष्ट्र बैंकको गैर बैंक सुपरीवेक्षण विभागले परिपत्र जारी गरी रेमिट्यान्स कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली ०७९ को व्यवस्था बमोजिम कम्पनीका गतिविधि सम्बन्धी विवरण पठाउन राष्ट्र बैंकले तीन दिनदेखि १५ दिनसम्मको समयसीमा तोकेको छ । यसअघि विवरण बुझाउनकै लागि यस्तो समयसीमा तोकिएको थिएन ।

रेमिट्यान्स कम्पनीले सहायक कम्पनीमार्फत भुक्तानी सेवा सम्बन्धी कार्य गर्न पाउने

१९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीको चुक्ता पूँजी वृद्धि गर्दै सहकायक कम्पनी मार्फत भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) को काम गर्न सक्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंक …

रेमिट्यान्स कम्पनीको चुक्ता पुँजी साढे २ गुणा बढ्यो, अब २५ करोड पुर्‍याउनु पर्ने

रेमिट्यान्स कम्पनीहरूको चुक्ता पुँजी साढे दुई गुणाले बढेको छ । कम्पनीको पुँजीगत आधार बलियो बनाउनुको साथै मर्जर तथा एक्विजिसनमा प्रोत्साहन गर्ने उद्देश्यले रेमिट्यान्स कम्पनीको पुँजी वृद्धि गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हालै जारी गरेको नेपाल राष्ट्र बैंक विप्रषण विनियमावली ०७९ मा यस्तो उल्लेख छ ।

रेमिट्यान्स बढ्दा र आयात घट्दा विदेशी मुद्रा सञ्चितिमा सुधार

२९ पुस, काठमाडौं । रेमिट्यान्समा भएको वृद्धि र आयात घटेसँगै व्यापार घाटामा भएको संकुचनले विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको छ । उच्च आयातले अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाब कम गर्न भन्दै आयातमा नियन्त्रण गर्ने नीतिले बाह्य क्षेत्रमा सुधार भएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना […]

असारमा १ खर्ब नाघेको रेमिट्यान्स साउनमा ९२ अर्बमा झर्‍यो

३० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिको तुलनामा रेमिट्यान्स २०.३ प्रतिशतले बढेको जनाएको […]

रेमिट्यान्स तथा पर्यटन आयमा जोड दिऊँ

विदेशी मुद्रा सञ्चिति लगातार घट्दो क्रममा रहेका कारण सरकारले आयातमा कडाइ गरेको थियो । नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालय अनि वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयात कडाइ एवं निषेधले पनि काम नगर्नुको अर्थ सरकार तथा केन्द्रीय बैंकसँग भएका तथ्यांक सही छैनन् । अहिल्यै नीति नै गलत छ भनिहाल्न बजारमा सही तथ्यांक पनि उपलब्ध छैन । तर, […]

रेमिट्यान्स भुक्तानीमा सहजीकरण गर्न अनुरोध

काठमाडौं (अस) । काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिएसँगै आवतजावतका लागि पास नपाएपछि रेमिट्यान्स भुक्तानीमा प्रभाव पर्ने भन्दै सहजीकरण गर्न रेमिट्यान्स कम्पनीहरूले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेका छन् । कम्पनीहरूको छाता संगठन नेपाल रेमिटर्स संघले थोरैभन्दा थोरै कर्मचारीबाट काम गर्न पासको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएको छ । निषेधाज्ञामा थप एक साता कडाइ गरिने भनिएपछि संघले उक्त आग्रहसहित निवेदन दिएको हो । केन्द्रीय बैंकले रेमिट्यान्स भुक्तानी रोक्न नहुने भएको भन्दै प्रतिकम्पनी एक–दुईओटा सवारीको अनुमति दिएर भए पनि सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारीलाई मौखिक रूपमा अनुरोध गरेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले बताएको छ । विभागका निर्देशक गुरुप्रसाद पौड्याल अनुसार निषेधाज्ञा थपिएपछि थप कडाइ हुने भएकाले विदेशबाट आएको विप्रेषण भुक्तानीका लागि रेमिट्यान्स कम्पनीलाई आवतजावतमा सहज बनाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको हो । नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण उच्च रहेकाले अधिकतम सतर्कताका साथ न्यून कर्मचारीबाट काम गराउन वैशाख १८ मा विप्रेषक कम्पनीहरूलाई निर्देशन दिएको थियो । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले कम कर्मचारीबाट काम सम्पादन गर्न निर्देशन दिएको हो । नेपालमा हालसम्म ५१ ओटा विप्रेषण कम्पनीले नेपाल राष्ट्र बैंकबाट सञ्चालनको अनुमति पाएका छन् । यसैगरी १० ओटा भुक्तानी प्रणाली सञ्चालक र २८ ओटा भुक्तानी सेवा प्रदायकले सञ्चालनको अनुमति पाएका छन् ।