रेमिट्यान्स कम्पनीको चुक्ता पुँजी साढे २ गुणा बढ्यो, अब २५ करोड पुर्‍याउनु पर्ने

रेमिट्यान्स कम्पनीहरूको चुक्ता पुँजी साढे दुई गुणाले बढेको छ । कम्पनीको पुँजीगत आधार बलियो बनाउनुको साथै मर्जर तथा एक्विजिसनमा प्रोत्साहन गर्ने उद्देश्यले रेमिट्यान्स कम्पनीको पुँजी वृद्धि गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हालै जारी गरेको नेपाल राष्ट्र बैंक विप्रषण विनियमावली ०७९ मा यस्तो उल्लेख छ ।

सम्बन्धित सामग्री

नेस्डो समृद्धि लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने

१२ चैत, काठमाडौं । नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ९ चैतमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २५ करोड २५ लाखको ५० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत २३.६८ […]

एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत लाभांश दिने

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले २५ करोड ६५ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको १६८ औं बैठकले सो निर्णय गरेको हो । संस्थाका सेयरधनीलाई गत आर्थिक वर्ष २०७८/०७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजारको १४.७५ प्रतिशत अर्थात २५ करोड ६५ लाख ६७ […]

रेमिट्यान्स कम्पनीलाई भुक्तानी सेवाप्रदायकदेखि विदेशमा शाखा खोल्नसम्म बाटो खुला

सबै प्रकारका रेमिट्यान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड हुनुपर्ने, २५ करोड पुर्‍याए थप सुविधा

नेष्डो समृद्द लघुवित्तले फागुन ११ देखि आईपिओ निष्काशन गर्ने

नेष्डो समृद्द लघुवित्तले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ  ।  बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ  ।  लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्ने छन्  ।  कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   यो कम्पनीको राष्ट्रिय स्तरको लघुवित्त हो  ।  कम्पनीको केन्द्रिय कार्यालय पर्वतको कुश्मामा रहेको छ  । हाल कम्पनीको चुक्ता पुँजी १७ करोड २१ लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख पुग्ने छ  ।

धितोपत्र बोर्डको सिफारिस : साना कम्पनीको सेयर कारोबारलाई छुट्टै प्लेटफर्म

न्यूनतम २ करोडदेखि र अधिकतम २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीलाई कारोबारको छुट्टै प्लेटफर्म बनाउन सकिने बोर्डको निष्कर्ष साना कम्पनीको सेयर कारोबारका लागि छुट्टै प्लेटफर्म बनाउन नेपाल स्टक एक्सचेन्जलाई धितोपत्र...

सीईडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन

काठमाडौं (अस) । शुक्रबारदेखि सार्वजनिक निष्कासनमा आएको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र मात्र कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । छिटो अवधि वैशाख २१ गतेभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा भने कम्पनीले ढिलोमा वैशाख ३१ गतेसम्म आईपीओ विक्रीको मिति तय गरेको थियो । कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा करिब ३ गुणा बढी आवेदन परेको थियो । कम्पनीले रु. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गरेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र  तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । कोभिड जोखिमलाई ध्यान दिँदै मेरो शेयरमार्फत नै आवेदन दिन सबै लगानीकर्ताहरूलाई नियामक निकायले सुझाएको छ । २०७४ साल असार २७ गते आईपीओ निष्कासनका लागि आवेदन दिएको कम्पनीले करिब ४ वर्षपछि आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख २ गते अनुमति पाएको हो । हाल रु. ५८ करोड ७५ लाख ८७ हजार चुक्ता पुँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी गरेपछि यो पुँजी रु. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । कम्पनीद्वारा प्रवद्र्धित साङ्गे जलविद्युत् आयोजना र राधि जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारेखोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत् आयोजना र रुकुमगाडा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रवर्द्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ मा चुक्ता पुँजी वृद्धि गरी रु. ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रु. १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मका लागि मूल्य तोक्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रु. ७ करोड ६६ लाख ६५ हजार खुद नाफा गरेको छ ।

साथीमार्टको पब्लिक कम्पनी बन्ने योजना

साथीमार्टले १५ करोड बराबरको संस्थापक सेयर वृद्धि गर्दै कुल चुक्ता पुँजी २५ करोड पु-याउने लक्ष्य राखेको छ । संस्थापक सेयर फ्रेन्चाइज पार्टनर तथा आन्तरिक टिमबाट परिपूर्ति गनिने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।सेयर वृद्धि कम्पनीको टिम, टेक्नोलोजी, उत्पादन, सप्लाई चेन, स्टक, अनलाइन सपिङ, एफिलियट सिस्टम व्यवस्थापन र सुधार तथा आक्रामक बजार बिस्तारका […]

साना तथा मझौला कम्पनीले आईपीओ जारी गर्न पाउने

नेपाल धितोपत्र बोर्डले अर्थतन्त्रमा विशेष योगदान दिँदै आएका यस्ता साना तथा मझौला कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिन सकिने नयाँ व्यवस्था प्रस्ताव गरेको छ । यस्ता कम्पनीको चुक्ता पुँजी बढीमा २५ करोड रुपियाँ हुने र चुक्ता पुँजीको ३० देखि ४९ प्रतिशत प्राथमिक सेयर जारी गर्न पाउने व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डले तयार गरेको ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’को मस्यौदामा सो व्यवस्था प्रस्ताव गरिएको हो ।