दैनिक उपभोग्य वस्तुको आपूर्ति करीब ६० प्रतिशत मात्र

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ देखि लागू गरिएको निषेधाज्ञा मंगलवारदेखि केही खुकुलो बनाइएको भए पनि दैनिक उपभोग्य वस्तुको आपूर्तिमा अझै सुधार हुन सकेको छैन, जसले गर्दा यस्ता वस्तुको आपूर्ति अहिले करीब ६० प्रतिशतमा सीमित भएको नेपाल वितरक व्यवसायी संघले बताएको छ । महामारीको त्रासका कारण यस क्षेत्रमा काम गर्ने अधिकांश कामदार काममा जान नसकेको र गएकालाई पनि प्रशासनले विभिन्न ठाउँमा अवरोध गर्ने भएकाले विशेषगरी उपत्यकाभित्रको आपूर्ति तथा वितरण प्रणालीमा समस्या आएको हो । संघका कोषाध्यक्ष राजु पौडेलले अहिलेको आपूर्ति निषेधाज्ञाअघिको तुलनामा करीब ६० प्रतिशत मात्र रहेको बताए । निषेधाज्ञाको शुरुआती दिनमा भन्दा अहिले आपूर्ति व्यवस्था केही सहज भए पनि सामान्य अवस्थामा आइनसकेको उनको भनाइ छ । संघका अध्यक्ष दुर्गाराज श्रेष्ठले खाद्य वस्तुको ढुवानीका गाडी तथा कामदारलाई प्रहरी प्रशासनले विभिन्न ठाउँमा घण्टौंसम्म होल्ड गर्ने र दुःख दिने भएकाले आपूर्ति व्यवस्थामा समस्या भएको बताए । उनका अनुसार मंगलवार मात्रै काठमाडौं उपत्यकाभित्र खाद्य वस्तुको ढुवानीमा हिँडेका २ दर्जनभन्दा बढी गाडीलाई प्रहरीले दिनभर होल्ड गरेर राखेको थियो । प्रहरीले चाबहिल, बालाजु, जडीबुटी, बानेश्वर, कोटेश्वर, सुन्धारा, बल्खु, सातदोबाटो लगायत स्थानमा सामान ढुवानी गरेर फर्किंदै गरेका ढुवानीका दिनभर होल्ड गरेर राख्ने गरेको उनले बताए । ‘यसरी प्रहरीले दिनभर गाडी होल्ड गर्दा अर्को दिनदेखि कामदार काममा नआइदिने भएकाले सामानको आपूर्ति तथा वितरण प्रणालीमा समस्या भइरहेको,’ उनले भने । जिल्ला प्रशासनले गरेको निर्णय अनुसार ढुवानीका साधन बिहान ६ देखि ११ बजेसम्म चल्न दिइएको छ । दैनिक उपभोग्य वस्तुका पसल सञ्चालन गर्ने समय पनि यही तोकिएको छ । उक्त समयमा गाडीले सामान लिएर पसलमा जाँदा उपभोक्ताको भीडभाडका कारण पसले व्यस्त हुँदा समयमै सामान अनलोड गर्न नसकिने, सामान डेलिभरी गर्दा केही समय बढी लाग्ने र फर्किन ढिला हुने गरेकाले प्रहरीले बाटोमा दुःख दिने गरेको व्यवसायीले बताएका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा वितरण गर्ने व्यवसायी देशभर ५ हजारभन्दा बढी छन् । यस्तै यस क्षेत्रमा करीब १ लाख कामदार छन् । अहिले निषेधाज्ञाले व्यवसाय प्रभावित हुँदा करीब ३० प्रतिशत कामदारले रोजगारी गुमाएको बताइएको छ । यसैबीच दैनिक उपभोग्य वस्तुको ढुवानीमा खटिने कतिपय कामदार कोरोना संक्रमित भएको र अन्य कामदार उच्च जोखिममा रहेकाले उनीहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन संघले सरकारसँग माग गरेको छ ।

सम्बन्धित सामग्री

साल्ट ट्रेडिङले नेपाल वनस्पति उद्योगबाट तोरीको तेल उत्पादन गर्ने

दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ । दसैँ अघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने …

साल्ट ट्रेडिङ : दसैँअगावै तोरीको तेल उत्पादन हुने

काठमाडौँ– दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने […]

साल्ट ट्रेडिङले दशैँअघि नै तोरीको तेल उत्पादन गर्ने

काठमाण्डाै – दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेल उत्पादन गर्ने भएको छ । दसैँअघिदेखि हेटौँडाकाे नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ ।  तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताउनुभयो ।    कर्पोरेशनले अहिले आयोडिनयुक्त नुन, एसटीसी ब्रान्डको खाना पकाउ...

साल्ट ट्रेडिङले दशैं अगाडि तोरीको तेल उत्पादन गर्ने

काठमाडौं । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादनगर्ने भएको छ । दशैंअघिदेखि हेटौंडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका […]

साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

काठमाडौँ । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादनगर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका […]

ढुवानीका साधनलाई धरपकड नगर्न माग

अधिकृत विक्रेता सङ्घ कास्कीले दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने व्यवसायीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा ढुवानीका साधनलाई अनावश्यक धरपकड नगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।     सङ्घका अध्यक्ष मनोजकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले आज गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का तथा कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापालाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो ।     मन्त्री खड्कालाई बुझाइएको ज्ञापनपत्रमा ढुवानीमा प्रयोग ...

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ : विभाग

चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तिन महिनाको लागि स्टक रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताए । उपभोग्य खाद्यवस्तुको आपुर्ति सहज रुपमा भइरहेको पौडेलले बताए । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै महानिर्देशक पौडेलले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उनले ...

अवज्ञा गर्नेलाई मानवोचित व्यवहार र कानून बमोजिम कारवाही गर्नुपर्ने आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले लकडाउनका बेला सरकारलाई नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै लकडाउनका बेला घरमै रहेका अपाङ्गता ...

https://www.onlinekhabar.com/2020/03/847801

१३ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले लकडाउनका बेला सरकारलाई नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै लकडाउनका बेला घरमै रहेका अपाङ्गता …