अधिकृत विक्रेता सङ्घ कास्कीले दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने व्यवसायीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा ढुवानीका साधनलाई अनावश्यक धरपकड नगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
सङ्घका अध्यक्ष मनोजकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले आज गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का तथा कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापालाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो ।
मन्त्री खड्कालाई बुझाइएको ज्ञापनपत्रमा ढुवानीमा प्रयोग ...