बैतडी : बैतडीका स्थानीय तहमा ४८ करोडभन्दा बढी बेरुजु रकम देखिएको छ। महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनअनुसार यहाँका स्थानीय तहमा आर्थिक वर्ष २०७७।७८ मा ४८ करोड २४ लाख ८० हजार बेरुजु रकम देखिएको हो। आर्थिक वर्ष २०७७।७८ मा जिल्लाको सबैभन्दा बढी बेरुजु रकम डिलाशैनी गाउँपालिकामा देखिएको हो। उक्त पालिकामा १० करोड २४ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ। यस्तै पुर्चौडी नगरपालिकामा ८ करोड २९ लाख ६९ हजार बेरुजु देखिएको छ। जिल्लाको सिगास गाउँपालिकामा ७ करोड ७३ लाख ४