मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलीले साढेचार महिनाको अवधिमा २२ करोडबढिको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरको विशेष निर्देशनमा आठवटै जिल्लाबाट सशस्त्र प्रहरी गस्ती टोलीले उक्त करोडौंको अवैध सामान बरामद गरेको हो।यस आर्थिक वर्षको गत साउन महिनादेखि मंसिर १८ गतेसम्म २२ करोड ६ लाख , ८ हजार २४८ रुपिया बराबरको भारतबाट अवैधरूपमा भित्र्याएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरि आवश्यक कारबाहीको लागि सम्बन्धित जिल्ला स्थित भन्सार क