मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलीले मात्र एक महिनाको अवधिमा करोडौंको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरको बिशेष निर्देशनमा आठवटै जिल्लाबाट छुट्टाछुट्टै गस्ती टोलीले करोडौंको अवैध सामान बरामद गरेको हो।गत साउन मसान्तमा ४ करोड ५२ लाख, ४३५ रुपैया बराबरको भारत बाट अवैधरूपमा भित्र्याइएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरि आवश्यक कार्वाहीको लागि संबन्धित निकायको जिम्मा लगाइएको डीआईजी मगरले रातोपाटीलाई जानकारी दिए । त्यसैगरी १ करोड ८४ लाख, ६५ ह