समृद्धि र स्थायित्वको नारासहित निर्वाचनमा होमिएर सरकार बनाउने प्रस्ट मत पाएको वाम गठवन्धनका लागि धेरै हदसम्म विकासको आधार तयार भइसकेको छ । केही महत्त्वपूर्ण ऐनहरू पारित भएका छन् भने कतिपय निर्माणको चरणमा छन् ।
काठमाडौं, १८ फागुन । रास्वपाका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले चितवनको समग्र विकासको लागि आफू मिलेर काम गर्न तयार रहेको बताएका छन् । भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहलाई अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चितवन पर्यटनको अथाह सम्भावना बोकेको जिल्ला भएको भन्दै सबै मिलेर सम्भावनालाई यथार्थमा बदल्नुपर्ने पनि आवश्यकत्ता […]
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई राजनीतिक दृष्टिकोण गाउँ र टोलसम्म पुर्याउन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको शङ्खरापुर नगरस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष नेपालले जनताका समस्या समाधान गर्दै उनीहरूको सेवालाई केन्द्रमा राखेर अघि बढ्न सबै नेता, कार्यकर्तालाई निर्देशन दिए। सिङ्गो मुलुकको विकासको खाका आफ्नो पार्टीले तयार गरेको बताउँदै उनले […]
मधेश समृद्धि शृंखलाको उद्देश्य के हो ?
मधेश सम्भावनामा सबैभन्दा अगाडि भएर पनि त्यसको उपयोगमा पछाडि परेको प्रदेश हो । भूगोलमा सबैभन्दा सानो, तर यो प्रदेश जनशक्तिमा सबैभन्दा अगाडि छ । जनशक्ति यस्तो स्रोत हो, जो विकासको ऊर्जा हो । तर, मधेश वैदेशिक रोजगारीका लागि जनशक्ति निकासीमा मात्र अगाडि भयो, यसको उपयोग हुन सकेन । कृषिको सम्भावना त्यस्तै छ । यो क्षेत्रलाई खाद्यान्न उत्पादनको केन्द्र भनिन्छ । तर, खेत बाँझो राखेर युवाहरू विदेश पलायन भइरहेका छन् । देशको मध्यभाग र वैदेशिक व्यापारमा सहजताका कारण उद्योग व्यापारको पनि केन्द्र हो । यो प्रदेशमा उद्योग दर्ताको तथ्यांक हेर्ने हो भने निराशाजनक देखिन्छ । भौतिक र भौगोलिक रूपमा कम सम्भावना भएका क्षेत्रमा यहाँको तुलनामा बढी उद्योग देखिन्छन् । यो सम्भावना उपयोग हुन नसक्नुको परिणाम नै हो । जनकपुर, वीरगञ्ज क्षेत्र पर्यटकीय महत्त्वले पनि अगाडि छन् । यस्ता स्थानहरूको प्रभावकारी उपयोग हुन सकेको छैन । पर्यटकीय प्याकेज बनाउने र त्यसलाई प्रचारप्रसार गर्ने काम प्रभावकारी भएको छैन । कुल गार्हस्थ्य उत्पादनदेखि प्रतिव्यक्ति आयमा मधेश पछाडि छ भने गरीबीमा अगाडि छ । त्यसकारण मधेशका सम्भावनाहरूको अधिकतम उपयोगमार्फत मधेशलाई कसरी विकासका पथमा अगाडि बढाउन सकिन्छ भन्ने सोचले यो कार्यक्रम अगाडि बढाइएको हो ।
यसले विकासका अवसर उपयोगलाई कसरी सहयोग पुर्याउँछ ?
हामीले यो शृंखलाअन्तर्गत धनुषामा पहिलो कार्यक्रम गर्यौं । मधेशका आठै जिल्लामा त्यहाँको निजीक्षेत्र, सार्वजनिक क्षेत्र र सरोकारका अन्य पक्षसँग ती जिल्लाको आर्थिक र सामाजिक अवस्था के कस्तो छ ? सम्भावना कस्ता छन् ? उपयोगमा समस्या छन् भने तिनको समाधान कसरी हुन सक्दछ भन्ने विषयमा गहन छलफल चलाउँछौं । छलफलका क्रममा आएका तथ्यहरूलाई सार्वजनिक गर्दै जान्छौं । र, त्यसको समग्र रूपमा ‘मधेश विकासको मार्गचित्र २०९०’ तयार गर्छौं । यो भनेको विसं २०९० सम्म अर्थात् अबको १० वर्षभित्र मधेशको विकास कस्तो हुनु पर्दछ र त्यसका लागि कुन कुन पक्षले के कस्तो भूमिका निर्वाह गर्नु पर्दछ भन्ने मार्गदर्शन हो । यसरी तयार पारिएको मार्गदर्शनबारे प्रदेश सरकारसँग समन्वय गरेर त्यसलाई विकास रणनीतिको आधारको रूपमा अघि बढाउने प्रयास गर्दछौं । यसबाट मधेशको समग्र विकासले अपेक्षित गति लिनेमा हामी विश्वस्त छौं ।
यो सोच कसरी आयो ?
विगतमा म वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा ग्रेटर वीरगञ्जको अवधारणा ल्याएको थिएँ । आजको वीरगञ्ज महानगरको विकासले हामीले त्यतिबेला अघि सारेका तथ्य र सम्भावनाहरूलाई सम्बोधन गरिरहेको छ । अहिले म नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशको अध्यक्ष भइसकेपछि मधेशको सापेक्ष र अपेक्षित विकास कसरी गर्न सकिएला भन्नेमा सोच केन्द्रित भयो । र, मधेशका आठै जिल्लाको विकासको वास्तविक अवस्था पत्ता लगाएर आवश्यकताका आधारमा एउटा ठोस अवधारणा बनाउने योजना बन्यो । यसलाई मधेशको समग्र विकासको प्रस्थानबिन्दु बनाउने उद्देश्य छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दोस्रो कार्यकालको प्रदेश सरकारले पहिलो कार्यकालको प्रदेश सरकारले झेलेका समस्याहरु भोग्न नपर्ने गरी आधारशिला तयार गरेको बताएका छन् । दोस्रो प्रदेश सरकार गठन हुन एक दिन बाँकी रहँदा मंगलबार प्रदेश सरकारको पहिलो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारका मातहतका कार्यालय स्थापना, अत्यावश्यक कानुन निर्माण, आगामी पाँच वर्षका […]
वाग्मती प्रदेश सरकारले ‘प्रदेश युवा नीति–२०७९’को मस्यौदा तयार पारेको छ । युवालाई प्रदेश विकासको मूलप्रवाहमा ल्याई सामाजिक न्याय, मानवीय, आर्थिक र भौतिक विकास सुनिश्चित गर्न युवाको गुणात्मक क्षमता विकास गरी गतिशीलता र सिर्जनशीलताको पर्यायका रुपमा स्थापित गर्नका लागि नीतिको मस्यौदा तयार पारेको हो । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको नीतिका बारेमा आज सरोकारवालाबीच छलफल गरिएको छ । छलफलमा युवामन्त्री रत्न ढकालले युवा नीतिलाई युवाका विकासको संवाहकको रुपमा तयार
काठमाडौँ– बागमती प्रदेश सरकारले ‘प्रदेश युवा नीति–२०७९’ को मस्यौदा तयार पारेको छ । युवालाई प्रदेश विकासको मूल प्रवाहमा ल्याई सामाजिक न्याय, मानवीय, आर्थिक र भौतिक विकास सुनिश्चित गर्न युवाको गुणात्मक क्षमता विकास गरी गतिशीलता र सृजनशीलताको पर्यायका रूपमा स्थापित गर्नका लागि नीतिको मस्यौदा तयार पारेको हो । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको […]
सुदूरपश्चिम प्रदेश पर्यटनको नयाँ ठाउँ हो । यहाँको मुख्य पर्यटकीय गन्तव्य खप्तड राष्ट्रिय निकुञ्ज, रामारोशन, शुक्लाफाँटा, बडिमालिका, अपि र साइपाल हिमाल हुन् । पछिल्लो समयमा खप्तड शुक्लाफाँटामा आन्तरिक पर्यटक आगमन बढेको छ । तर आवास, रेस्टुराँ, विश्राम स्थललगायतका सुविधा प्राप्त हुन नसकेकाले खप्तड क्षेत्रको पर्यटन चलायमान हुन सकेको छैन । मुख्य पर्यटन गन्तव्यहरूसम्म पुग्न र […]
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनगरमा आयोजित ‘१२ औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने उल्लेख गरे ।जनगणनाको तथ्याङ्कबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने, “आजदेखि गणकहरु तपाईंहरुको पूर्ण विवरण लिन घर–घरम
ओखलढुङ्गा । सुनकोशी गाउँपालिका, च्यानममा दलित नमुना बस्ती विकासको काम सुरु भएको छ । दुई वर्षअघिको वर्षामा पहिराबाट प्रभावित स्थानीय १९ घर दलित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न दलित नमुना बस्ती विकासको काम थालिएको हो । सुनकोशी गाउँपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनका आधार संरचना निर्माणको काम थालिएको छ । च्यानममा दलित बस्ती विकासका लागि […]