काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै गर्नु जरुरी देखिएको बताएका छन्।शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रम बोल्दै प्रधानमन्त्री दाहालले वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षती भएको भन्दै बाढी पहिरो रोक्नको लागि मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै बनाउनु पर्ने आवश्यकता देखिएको बताए। उनले सरकार र स्थानीय तहले मुलुकको भौगोलिक अवस्थितीक