निजी प्रयोगशालाले पीसीआर परीक्षण शुल्क एक हजार ५०० भन्दा बढी लिन नपाउने भएका छन् । यसअघि अधिकतम लिन पाउने शुल्क दुई हजार थियो ।
स्वास्थ्य मन्त्रालयले मूल्य समायोजन गर्दै निजी प्रयोगशालाले अधिकतम एक हजार ५०० शुल्क लिन सक्ने जनाएको हो । त्यस्तै सरकारी प्रयोगशालामा पीसीआर परीक्षण शुल्क ८०० रूपैयाँ तोकिएको छ । यसअघि एक हजार रूपैयाँ थियो ।
लक्षण देखिएकाहरूको हकमा भने सरकारी प्रयोगशालाहरूमा पीसीआर परीक्षण निःशुल्क गर्न सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।